२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुन ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । हालै यो चलचित्रको पहिलो गीत रिलिज भएको छ, जसमा अभिनेताको ‘स्वाग’ले मानिसको मन जितेको छ ।

यस फिल्मको चर्चाबीच अल्लु अर्जुनको बारेमा एउटा नराम्रो खबर बाहिर आएको छ । आन्ध्र प्रदेश प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

लोकसभा चुनावसँगै आन्ध्र प्रदेशमा विधानसभाको चुनाव पनि हुन लागेको छ । अल्लु अर्जुनका साथी र वाईएसआरसीपी विधायक शिल्पा रवि नानघल सीटबाट उम्मेदवार हुन् । यस्तो अवस्थामा आफ्नो चुनावी प्रचारको अन्तिम दिन अभिनेता आफ्ना साथीलाई समर्थन गर्न पुगेका थिए । तर उनको आगमनपछि विधायकको घरबाहिर ठूलो भीड जम्मा भएको थियो ।

अल्लु अर्जुनको एक झलक पाउन विधायकको घरबाहिर ठूलो भीड जम्मा भएको थियो । यसले अवस्था बिग्रियो । भीड नियन्त्रण गर्न गाह्रो भयो । आन्ध्र प्रदेशमा चुनावी माहोलका कारण आचारसंहिता लागू भएको छ । यस्तो अवस्थामा विधायकको घरबाहिर अभिनेताका लागि भीड जम्मा भएको जानकारी प्राप्त हुनासाथ प्रहरीले कडा कारबाही गरेको थियो ।

अभिनेताविरुद्ध मुद्दा दर्ता भएको छ । अल्लु अर्जुन विधायकको घरबाहिर फ्यानहरुलाई आफ्नो झलक देखाउन समेत गएको जानकारी आएको छ ।

अल्लु अर्जुनले आफ्ना साथी शिल्पा रविचन्द्र किशोर रेड्डीलाई सपोर्ट गर्न यहाँ आएको बताए । उनले भने – म उहाँलाई समर्थन गर्न यहाँ छु र मेरो शुभकामना उहाँसँग छ ।’