१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुन ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । हालै यो चलचित्रको पहिलो गीत रिलिज भएको छ, जसमा अभिनेताको ‘स्वाग’ले मानिसको मन जितेको छ ।

यस फिल्मको चर्चाबीच अल्लु अर्जुनको बारेमा एउटा नराम्रो खबर बाहिर आएको छ । आन्ध्र प्रदेश प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

लोकसभा चुनावसँगै आन्ध्र प्रदेशमा विधानसभाको चुनाव पनि हुन लागेको छ । अल्लु अर्जुनका साथी र वाईएसआरसीपी विधायक शिल्पा रवि नानघल सीटबाट उम्मेदवार हुन् । यस्तो अवस्थामा आफ्नो चुनावी प्रचारको अन्तिम दिन अभिनेता आफ्ना साथीलाई समर्थन गर्न पुगेका थिए । तर उनको आगमनपछि विधायकको घरबाहिर ठूलो भीड जम्मा भएको थियो ।

अल्लु अर्जुनको एक झलक पाउन विधायकको घरबाहिर ठूलो भीड जम्मा भएको थियो । यसले अवस्था बिग्रियो । भीड नियन्त्रण गर्न गाह्रो भयो । आन्ध्र प्रदेशमा चुनावी माहोलका कारण आचारसंहिता लागू भएको छ । यस्तो अवस्थामा विधायकको घरबाहिर अभिनेताका लागि भीड जम्मा भएको जानकारी प्राप्त हुनासाथ प्रहरीले कडा कारबाही गरेको थियो ।

अभिनेताविरुद्ध मुद्दा दर्ता भएको छ । अल्लु अर्जुन विधायकको घरबाहिर फ्यानहरुलाई आफ्नो झलक देखाउन समेत गएको जानकारी आएको छ ।

अल्लु अर्जुनले आफ्ना साथी शिल्पा रविचन्द्र किशोर रेड्डीलाई सपोर्ट गर्न यहाँ आएको बताए । उनले भने – म उहाँलाई समर्थन गर्न यहाँ छु र मेरो शुभकामना उहाँसँग छ ।’