२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र



अ+ अ-

धरान (सुनसरी) । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ ।

धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नाष्टका उपकुलपति डा दिलीप सुब्बा र सचिव डा रवीन्द्रप्रसाद ढकालले शुक्रबार उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उपकुलपति सुब्बाले प्रविधिको प्रयोगबाट कृषि उत्पादन बढाउन सकिने बताउँदै त्यसनिम्ति केन्द्रलमार्फत किसानलाई सघाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

नगरप्रमुख राईले धरानको विकास आफ्नो एकमात्र लक्ष्य हो भन्दै केन्द्र स्थापनाका निम्ति उपमहानगरपालिकाले पूर्वाधार खडा गरेको जानकारी दिनुभयो । साथै उहाँले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहरमैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

नास्टका सचिव ढकालले केन्द्रमा विशेष गरी कृषि र खाद्य प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान हुने बताउनुभयो । रासस