• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको यस्तो छ अभ्यास तालिका



काठमाडौँ । टी–२० विश्वकप २०२४ का लागि अमेरिका पुगेको नेपाली टोली अहिले अभ्यासमा व्यस्त छ । नेपाली टोलीले फ्लोरिडामा ८ मे देखि नै अभ्यास क्याम्प सुरु गरिसकेको छ ।

नेपालले आइसिसीको आधिकारीक अभ्यासबाहेक तीन अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले १२ मेमा अभ्यासका लागि विश्वकप खेल हुने मैदान सेन्ट भिन्सेन्ट प्रस्थान गर्नेछ । उक्त मैदानमा नेपालले अभ्यास गर्नेछ ।

यस्तै, १४ मेमा नेपालले सेन्ट भिन्सेन्ट र विन्डवार्ड आइसल्यान्डको मिक्स टिमसँग पहिलो अभ्यास खेल खेल्ने छ ।

नेपालले सोहि मैदानमा १६ मेमा सेन्ट भिन्सेन्ट र विन्डवार्ड आइसल्यान्डको मिक्स टोलीसँगै दोस्रो खेल खेल्ने तालिका छ । त्यस्तै सोही टोलीसँग तेस्रो खेल नेपालले १८ मेमा खेल्नेछ ।

त्यसपछि नेपाली टोली अमेरिकाको होस्टन प्रस्थान गर्ने कार्यतालिका रहेको क्यानले जनाएको छ । १९ मेमा होस्टन प्रस्थान गर्ने नेपाली टोलीले २१ मे मा होस्टनमा अभ्यास गर्नेछ । त्यहाँ नेपालले होस्टन हुरीक्यानसँग अभ्यास खेल खेल्ने छ ।

नेपालले २२ र २३ मेमा होस्टन हुरीक्यानसँग अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ । त्यसपछि २५ मेमा आइसिसीको आधिकारी अभ्यास खेल सुरु हुने कार्यतालिका रहेको छ ।