१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो: उपाध्यक्ष भुसाल

प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो: उपाध्यक्ष भुसाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने आवश्यकता निर्माण भइसकेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनमत पाउनेले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक देखिएको बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधि नै अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले राजनीतिक स्थिरता कायम भएमात्रै विकास निर्माण अघि बढाउन सकिने बताउनु भयो । उहाँले राजनीतिक झैँ अहिले आर्थिक रुपमा पनि नेपालमा चुनौति बनेको बताउनु भयो । उहाँले सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म पहिला प्रत्यक्ष निर्वाचित कार्यकारी भन्नेमा एकदमै सहमत हो । तर मैले पछिल्ला राजनीतिक घटनाक्रम र अन्तर्राष्ट्रिय स्तरमा भइरहको घटनाहरु हेर्दा को आउने हो ? के हुने हो भन्दा, कता जाने हो भन्ने प्रश्न त हुन्छ । तर जनताले जसलाई समर्थन गर्दछन्, जसले जनमत पाउँछ उसले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नुपर्छ । अन्यथा हामी यही राजनीतिक अस्थिरताभित्र एक वर्षमा तीन पटक प्रधानमन्त्रीको विश्वासको मत लिने, त्यही सापेक्षतामा हामी संघीयताको मुख्यमन्त्री फेर्ने अनि यसका निम्ति हुने/नहुने जे थियो, त्यो हुने काम हुन्छ । प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधितिर हामी जानुपर्छ । यसले राजनीतिक स्थिरता कायम हुन्छ । राजनीतिक स्थिरता कायम भयो भने मात्रै विकास निर्माण अघि बढाउन सक्छौँ । राजनीतिमा जस्तै अहिले आर्थिक रुपमा चुनौति बनेको छ । सहकारीको समस्या जटिल छ । सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम भएको छ ।’

उपाध्यक्ष भुसालले राजनीतिक स्थायित्व दिने र अहिलेको परिवर्तनलाई बलियो बनाउने गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिले नयाँ सहमतिमा अघि बढ्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले राजनीतिक अस्थिरता पैदा भएको र यसलाई स्थायित्वका लागि अघि बढाउन जरुरी रहेको बताउनु भयो ।