१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी

सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी
अ अ+ अ-

काठमाडौँ । वसन्त यामको सगरमाथा आरोहणका लागि यतिबेला जोडतोडका साथ तयारी सुरु भएको छ । सगरमाथा आरोहणको अनुमति लिएका चार सयभन्दा बढीले आरोहीले तयारी सुरु गरिसकेका छन् । पर्यटन विभागका अनुसार हालसम्म चौथो शिविरसम्मको बाटो खुलिसकेको छ भने त्यसपछिका काम पनि जोडतोडले भइरहेको छ ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार यतिबेला चौथो शिविरसम्मको डोरी टाङ्ग्ने काम सकिएको छ । यतिबेला चौथो शिविरसम्मका विभिन्न क्याम्पहरु आरोहीले भरिएका छन् ।

आराहणको समय नजिकिएसँगै आरोहणलाई सुरक्षित बनाउनका लागि विभागलगायतका विभिन्न कम्पनीहरुले तयारी गरिरहेका छन् । निर्देशक गुरुङले आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि जनशक्ति परिचालन गरिसकेको बताउनुभयो । “फिल्ड कार्यालय स्थापना भइसकेको छ, अनुगमनलाई तीव्र पारिएको छ”, उहाँले भन्नुभयो, “आरोहीलाई परामर्श दिनुका साथै आवश्यक सामग्री हस्तान्तरण समेत भइसकेको छ ।”

सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङमा शेर्पाले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन विभिन्न काम भइरहेको बताउनुभयो । “जलवायु परिवर्तनका कारण सगरमाथा आरोहणका दौरानमा क्षणभरमै फेरबदल भइरहने मौसमको साथ पनि अनिवार्य हुन्छ”, उहाँले भन्नुभयो, “मौसमको अवस्था अनुसार योजना बनाएर अघि बढेका छौँ ।”

शेर्पाले आफ्नो कम्पनीमार्फत कामिरिता २९औँ आरोहणका लागि आधार शिविर आइपुग्नुभएको बताउनुभयो । उहाँका अनुसार अहिले अधिकांश आरोही सगरमाथा आधार शिविर पुगेका छन् । उनीहरू आरोहण गर्ने उपयुक्त समयको प्रतीक्षामा छन् । सेभेन समिटमार्फत मात्रै ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन् । खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रूपमा सगरमाथा आरोहण गर्दै आउनुभएको छ । सगरमाथाको आधार शिविरमा सजिएका (करित १३ हजार) त्रिपाल, आरोहीको भिडभाडले सगरमाथा क्षेत्रको रौनक बढाएको छ ।

यो यामको सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन पर्यटन विभागले विभिन्न तयारी गरिएको जनाएको छ । विभागका महानिर्देशक चक्र बहादुर बुढाले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन ‘रेक्यू चिप’ अनिवार्य गरिएको बताउनुभयो । उक्त चिप सम्बन्धित एजेन्सीले प्रत्येक आरोहीलाई उपलब्ध गराउनुपर्नेछ । यसले कुन आरोही कहाँ र कस्तो अवस्थामा छन् भनेर जानकारी लिन सकिने विभागको विश्वास छ ।

‘इलेक्ट्रोनिक चिप’ अनिवार्य

पर्यटन विभागले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन आरोहीहरूका लागि ‘इलेक्ट्रोनिक चिप’ अनिवार्य गरेको छ । यही यामबाट सगरमाथा आरोहीहरूका लागि चिप अनिवार्य गरिएको विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताउनुभयो । चिपका कारण आरोहीको उद्धारमा सहज हुने भएकाले सरोकारवाला निकायसँगको छलफल र सहमतिपछि लागू गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार आरोहणका क्रममा हुने दुर्घटना र हराएकाहरूको खोजी र उद्धारमा सहजीकरणका लागि चिप अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको हो । यस्तो चिप सम्बन्धित एजेन्सीले उपलब्ध गराउनु पर्नेछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर तिर्नु पर्नेछ । चिप ‘पेन ड्राइभ’ आकारको हुनेछ । यसलाई आरोहीले ज्याकेटमा राख्नपर्छ । सगरमाथा आरोहण सकेर फर्किएपछि चिप सम्बन्धित एजेन्सीलाई बुझाउनुपर्नेछ ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार ‘सर्च एन्ड रेस्क्यू’ प्रयोजनका लागि यो याममा हरेक आरोहीलाई चिप अनिवार्य गरिएको बताउनुभयो । “कतिपयले जीपीएस ट्रेकिङ भनिरहेका छन् तर यो सर्च एन्ड रेक्क्युका लागि चिप अनिवार्य गरिएको हो । अन्तर्राष्ट्रिय रुपमा सबैजसो मुलुकका आरोहीले प्रयोग गर्छन् त्यसैले यो निकै प्रभावकारी हुने अनुमान गरिएको छ”, निर्देशक गुरुङले भन्नुभयो ।

अनुगमन तथा सहजीकरण समिति

सन् २०२४ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा रहेका हिमालहरुमा हुने पर्वतारोहण तथा सम्पर्क अधिकृतहरुको खटनपटनलगायत अन्य सबै गतिविधिहरुको नियमन तथा सहजीकरण गर्न पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्र)गठन गरिएको छ । विभागका महानिर्देशक चक्र बहादुर बुढा  संयोजक रहेको १० सदस्यीय समितिमा विभिन्न मन्त्रालय र नियकायका प्रतिनिधि हुनुहुन्छ ।

आधार शिविरमा ‘फिल्ड’ कार्यालय

यस वर्षको वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन सगरमाथा आधार शिविरमा पर्यटन विभागको फिल्ड कार्यालय स्थापना गरिएको छ । विभागका अनुसार वसन्त ऋतुको आरोहण अवधिभरका लागि पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य सचिव प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वमा कार्यालय स्थापना गरी अनुगमन, रिपोर्टिङ र समन्वय गर्ने काम भइरहेको विभागले जनाएको छ । आरोहण अवधिभर अर्थात मे २९ तारिखसम्म यो समितिले काम गर्नेछ ।

शीघ्र उद्धारका लागि हेलिकप्टर

विगतमा उद्धारको कार्य ढिला भएको अनुभवलाई मध्यनजर गरी यसपटक चाडो उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिने विभागले जनाएको छ । समयमा रिपोर्टिङ नभएर विगतमा आरोहीको ज्यान जाने गरेको भन्दै यो पटकलाई सहजिकरण गर्दै उद्धार प्रयोजनका लागि छिटो प्रक्रियाबाट गर्नेगरी सम्बन्धित मन्त्रालय र निकायलाई पत्राचार गरिएको महानिर्देशक बुढाले जानकारी दिनुभयो । ड्रोन उडान व्यवस्थापनका लागि पनि सरोकारवाला मन्त्रालयमार्फत व्यवस्थापन, नियमन र अनुगमनको काम प्रभावकारी बनाइने विभागले जनाएको छ ।

चारसयभन्दा बढीले लिए आरोहणको अनुमति

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी कूल चार सय १४ ले अनुमति लिएका छन् । अघिल्लो वर्ष हालसम्कै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिवापत् हालसम्म रु ६७ करोड ४७ लाख १४ हजार ६१ हजार ६ सय रोयल्टी जम्मा भएको छ । सगरमाथा हिमालबाट मात्रै रु ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चौथो शिविर ९साउथ कोल, ७९५० मि।० सम्म बाटो खुलेको विभागले जनाएको छ । यही मे १२ सम्म रोप फिक्सिङको काम सकिएर आरोहण सुरु हुने विभागका निर्देशक गुरुङले बताउनुभयो ।

आठ हजार हाराहारीले चढे सगरमाथा 

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर(२०२३’ का अनुसार नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युनिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार छ सय २६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

यो सन् २०२२ सम्मको तथ्याङ्क हो । सन् २०२३ को आरोहण जोड्दा यो संख्या करिब आठ हजार पुग्छ । उक्त वर्ष सगरमाथा चढ्न चारसय ७८ जनाले अनुमति लिएका थिए । तीमध्ये कतिले सफल आरोहण गरे यकिन विवरण विभागसँग छैन । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । रासस