९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज

हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज
अ अ+ अ-

काठमाडौँ । ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक इनिङ्सको मद्दतले सनराइजर्स हैदरावादले आईपीएल–२०२४ को ५७ औं खेलमा लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेको छ ।

१६६ रनको लक्ष्य पछ्याएको सनराइजर्सले ९ दशमलव ४ ओभरमा बिना कुनै क्षति लक्ष्य भेट्टायो ।

यो आईपीएल इतिहासमै १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज हो । डेक्कन चार्जर्सले २००८ मा मुम्बई इन्डियन्स विरुद्ध १२ ओभरमा १५५ रनको लक्ष्य पछ्याएको थियो ।

हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा लखनउले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

जवाफमा हैदरावादले ९.४ ओभरमा विना विकेट गुमाएर १६७ रन बनायो । खेलको प्लेयर अफ द म्याच ट्राभिस हेड भए । उनले ३० बलमा ८ चौका र ८ छक्का प्रहार गरी ८९ रनको अविजित इनिङ खेले ।

यो जितसँगै हैदराबाद (१४ अंक) अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने लखनउ छैटौं स्थानमा झरेको छ ।

एलएसजीका आयुष बडोनीले अविजित ५५ र निकोलस पुरनले ४८ रन बनाए । यी दुईबीच ९९ रनको साझेदारी थियो । कप्तान केएल राहुलले २९ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले मात्र १२ रन दिएर २ विकेट लिए । कप्तान प्याट कमिन्सले एक सफलता हात पारे । उनले क्रुणाल पाण्ड्यालाई पनि रनआउट गरे ।

एसआरएचका लागि ट्राभिस हेडले ३० बलमा अविजित ८९ रन बनाए भने अभिषेक शर्माले २८ बलमा अविजित ७५ रन बनाए । दुवैले १ सय ६७ रनको शतकीय साझेदारी गरे । उनीहरुले ३० बाउन्ड्री प्रहार गरे जसमा १६ चौका र १४ छक्का समावेश थिए । लखनउका बलरले विकेट लिन सकेनन् ।