६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नक्वीले टी–२० विश्वकप २०२४ को ट्रफी जित्ने टोलीको लागि पुरस्कारको घोषणा गरेका छन् । समाचार संस्था एएनआईले जियो न्यूजको रिपोर्ट अनुसार यो समाचार प्रकाशित गरेको छ । जियो न्यूजका अनुसार नक्वीले आइतबार यो घोषणा गरेका हुन् ।

जियो न्यूजका अनुसार पाकिस्तानी टोलीले टी–२० विश्वकप जित्यो भने प्रत्येक खेलाडीलाई १ लाख डलर पुरस्कार दिइनेछ । हाल यो रकम पाकिस्तानमा २ करोड ७७ लाख रुपैयाँभन्दा बढी छ । यद्यपी पीसीबीले यसबारेमा आधिकारिक धारणा भने दिएको छैन ।

टी–२० विश्वकप जुन २ बाट सुरु हुँदैछ भने फाइनल जुन २९ मा हुनेछ । टी–२० विश्वकपमा ५–५ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । भारत र पाकिस्तानलाई एउटै समूहमा राखिएको छ । आयरल्याण्ड, क्यानडा र अमेरिका पनि यो समूहमा छन् । भारत र पाकिस्तानले आफ्ना सबै खेल अमेरिकामा मात्र खेल्नेछन् ।

विश्वकपअघि पाकिस्तानले आयरल्याण्डसँग तीन र इङ्ल्यान्डसँग चार खेलको टी–२० सिरिज खेल्नेछ । दुवै शृंखला विपक्षी टोलीको मैदानमा हुनेछन् । पाकिस्तान र आयरल्याण्डबीचको तीन खेलको टी–२० सिरिज मे १० बाट सुरु हुँदैछ । त्यस्तै पाकिस्तानी टोलीले मे २२ देखि इङ्ल्यान्डसँग चार खेलको टी–२० सिरिज खेल्नेछ ।