९ मंसिर २०८१, आईतवार
,
Latest
सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ जम्न थाले मनाङका नदी र ताल राहदानी विभागको कम्प्युटरमा भाइरस पसेपछि सेवा ठप्प दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु पाकिस्तानमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा ८२ जनाको मृत्यु ‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए !
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नवौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले जिम्मेवारी लिनुपर्छ’



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्स (सिएसके) का पूर्व कप्तान महेन्द्र सिंह धोनी पञ्जाब किंग्स विरुद्धको खेलमा नवौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । टी–२० करियरमा माही यति तल ब्याटिङ गर्न आएको यो पहिलो पटक हो ।

धोनी यस खेलमा खाता नखोल्दै आउट भएका थिए र उनलाई पञ्जाबका फास्ट बलर हर्षल पटेलले बोल्ड गरेका थिए । यसबारे पूर्व अलराउन्डर इरफान पठानले आफ्नो धारणा राख्दै धोनीले जिम्मेवारी लिनुपर्ने र शीर्ष क्रममा ब्याटिङ गर्न आउनु पर्ने बताए ।

पठानले एक खेलकुद च्यानलमा भने, ‘धोनीले नौ नम्बरमा ब्याटिङ गर्न आएकाले सीएसकेलाई फाइदा गर्दैन । मलाई थाहा छ उनी ४४ वर्षको छन् , तर राम्रो फर्ममा छन् । उनले जिम्मेवारी लिनुपर्छ र माथिल्लो तहमा पुग्नुपर्छ । धोनीले कम्तिमा चार–पाँच ओभर ब्याटिङ गर्नुपर्छ । उनी अन्तिम वा अन्तिम दुई ओभरमा ब्याटिङ गर्न आउँदै छन् जुन चेन्नईका लागि लामो समयसम्म फाइदाजनक हुने छैन ।’

धोनीले आईपीएल २०२४ को चालू सिजनमा ब्याटले राम्रो प्रदर्शन गरेका छन् । उनले सात इनिङ्समा २२४.४९ को स्ट्राइक रेट र ५५ को औसतमा ११० रन बनाएका छन् ।