११ श्रावण २०८३, सोमबार
,
Latest
प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ? सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहममाथि लिभरपुलको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४–२ गोलले हरायो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह, एन्ड्रीउ रोबर्टसन, कोडी गाक्पो र हार्भी इलिओटले गोल गरे । टोटेनहमका रिचार्लीसन र सन हेउंग मिनले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

यो जितसँगै लिभरपुलको ३६ खेलबाट ७८ अंह रहेको छ । लिभरपुल तालिकाको तेस्रो स्थानमा छ । ३६ खेलबाट ८३ अंकसहित आर्सनल शीर्षस्थानमा रहँदा ३५ खेलबाट म्यान्चेस्टर सिटी ८२ अंकका साथ दोस्रो स्थानमा छ । टोटेनहम ३५ खेलबाट ६० अंकका साथ पाँचौं स्थानमा छ ।