६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बारम्बार प्रधानन्यायाधीश किन यो प्रश्न गर्दैछन् ?

बारम्बार प्रधानन्यायाधीश किन यो प्रश्न गर्दैछन् ?
अ+ अ-

काठमाडौं । यतिखेर सर्वाेच्च अदालतमा संसद (प्रतिनिधिसभा) विघटनसम्बन्धी मुद्दामा बहस जारी छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनपछि तातेको राजनीति अहिले सम्मानित सर्वाेच्च अदालतमा पुगेर तैरिएको छ । राज्यका तीन प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाको केन्द्र अहिले सर्वाेच्च अदालत नै भएको छ । कार्यपालिकाका प्रमुख प्रधानमन्त्रीले व्यवस्थापिका नै भंग गरिदिएपछि त्यो काम वैधानिक हो कि अवैधानिक भन्ने विषयमा न्यायपालिकामा बहस जारी छ । 

यद्यपि, व्यवस्थापिका प्रमुखले भने प्रधानमन्त्रीको यो काम अवैधानिक भएको खबर न्यायपालिकामा पठाइ सकेका छन् । जेहोस, यस विषयको बहस सर्वाेच्चमा जारी छ । त्यसैले सबैका आँखा सर्वाेच्चतिर तेर्सिएका छन् । यति तातो बहस भएका बखत नागरिकका निरीह आँखा त्यसतर्फ तेर्सिनु स्वभाविक पनि हो ।

तर यहाँ अहिलेको प्रसंग भने एउटा प्रश्नको हो जुन बेग्लै छ । यतिखेर अदालतमा प्रधानमन्त्रीको कार्य वैधानिक र अवैधानिक भनेर दुई मतमा बहस भएको छ । कानुन व्यवसायीहरुका तर्क वितर्कहरु यसैमा केन्द्रित छन्, हुने नै भए । यस विषयमा संवैधानिक इजलास पनि चलायमान छ र अधिवक्ताहरुको धारणा श्रवण गर्ने नै काम भएको छ । 

यस विषयमा बहस भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कानुन व्यवसायीहरुलाई लगातार सोध्ने गरेको प्रश्नतर्फ भने धेरैको ध्यान गएको देखिएको छ । यसतर्फ चासो पनि बढेको छ । त्यो प्रश्न हो– बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ? 

बहसमा सहभागी हुने गरेका बहसकर्तालाई उनले नेपालको संविधानको धारा ७६ को व्याख्या यो प्रश्नको निरुपणका रुपमा गर्न मिल्छ कि मिल्दैन भनेर सोध्दै छन् । अनि कानुन व्यवसायीहरुको पनि यसैमा ध्यान पुग्ने गर्दछ कि किन प्रधानन्यायाधीशबाट यो प्रश्न आउँदैछ भनेर ।

उनले दुई दिनअघि कानुन व्यवसायी भिमार्जुन आचार्यले गरेको बहसमा पनि यही प्रश्न गरेका थिए । त्यस बखत आचार्यले त सवाल जवाफ नै गरे र भने, श्रीमान् यो प्रश्न यहाँले गर्ने होइन, संसदले गर्न ेहो । 

बुधबार पनि अवस्था त्यस्तै देखियो । बुधबारको प्रश्न उनले अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीसँग गरे । उनीसँग पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले यही विषयमा प्रश्न गरे र उनीसँग पनि सवालजवाफ नै भयो ।

प्रधानन्यायाधीशले लगातार उठाएको प्रश्न भन्दै ज्ञवालीले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने आधार र कारण दिन खोजे । उनले सरकार बन्ने सम्भावना हुँदासम्म संसद विघटन हुन नसक्ने भन्दै धारा ७६ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाउने बताए ।

सो धाराको उपधारा १ मा संसदमा बहुमतप्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ भने उपधारा २ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।

प्रधानन्यायाधीश राणाले धारा ७६ (३) अनुसार संसदको ठूलो दलको नेता प्रधानमन्त्री हुन नसक्ने स्थिति रहेमा धारा ७६ (१) वा (२) अनुसारको प्रधानमन्त्रीले किन संसद विघटन गर्न नपाउने भनी प्रश्न गरे । उपधारा ३ मा कसैको बहुमत नआए प्रतिनिधिसभामा बढी सदस्य भएको दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री चयन गर्ने व्यवस्था छ । प्रधानन्यायाधीश राणाले भने संसदमा दुईवटा पार्टीको बराबर सिट भए के गर्ने भनी प्रश्न गरे । 

त्यसो त प्रधानन्यायाधीश राणाले बहसको सुरुआतमै यस्तै प्रश्नहरु तय गरेका थिए । उनका प्रश्नहरुप्रति विभिन्न कोणबाट अध्ययन पनि भएको थियो । तर पनि यहाँ उठान गर्न खोजिएको प्रश्न सम्मानित अदालतमा जारी बहसलाई प्रभावित पार्न चाहिँ पटक्कै होइन । 

तर पनि बारम्बार प्रधानन्यायाधीशबाट यो प्रश्न आइरहेकाले सबैको यस विषयमा ध्यानाकर्षण भएको हो । यतिखेर देशको कार्यपालिका र व्यवस्थापिकाले अदालततिरै हेरेर बसेकोले यो विषयमा ध्यान पुग्नु पनि अस्वभाविक भने होइन होला ।