४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ

उद्योग वाणिज्य महासंघका अध्यक्षलाई डालीमा मकै कोशेली

उद्योग वाणिज्य महासंघका अध्यक्षलाई डालीमा मकै कोशेली
अ+ अ-

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली । डालीभरि भुटेको सिरिम्ले मकै । मकै पनि जिल्लाको ताराखोलाका । शनिबार यहाँ आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएका बागलुङका रैथाने उत्पादन हुन् यी । स्थानीय उत्पादनको प्रवर्द्धन हेतु बागलुङ उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोशेलीका रूपमा अतिथिलाई डाली र मकै प्रदान गरेको हो ।

सङ्घको ६०औँ वार्षिक साधारणसभा समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत अतिथिले खुसी र श्रद्धापूर्वक बागलुङको स्थानीय उत्पादनलाई उपहारका रूपमा ग्रहण गरे । मायाको चिनोमा आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा सङ्घले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिएको हो ।

त्यस क्रममा प्रमुख अतिथि ढकालले सङ्घले स्थानीय उत्पादनलाई प्राथमिकता दिएकामा प्रशन्नता व्यक्त गर्नुभयो । “अतिथिलाई उपहारका रुपमा डाली र मकै दिनुभयो, खाजा पनि सेलरोटी र घरेलु अचार खुवाउनुभयो, यो निकै नै सराहनीय छ”, उहाँले भन्नुभयो, “यसले कृषि उपजका माध्यमबाट स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।”

उहाँले परम्परागत सीप र प्रविधिमा आधारित वस्तुको बजारीकरण गर्न सके स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन सकिने धारणा राख्नुभयो । अध्यक्ष ढकालले पछिल्लो समय ठूला मेला, महोत्सव र समारोहमा पुग्ने अतिथिहरूलाई स्थानीय उत्पादन उपहारका रूपमा दिने प्रचलन बढेको बताउनुभयो । “हामीकहाँ भएको मकै, भटमास, आलु, सिन्कीलगायतको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिनु जरुरी छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले आफू देशका विभिन्न भूभागमा पुग्दा स्थानीय उत्पादनलाई जोड दिन आग्रह गर्ने गरेको सुनाउँदै गृहजिल्ला बागलुङले त्यसप्रति देखाएको जागरुकता प्रशंसनीय रहेको बताउनुभयो । “यसले जिल्लाको पहिचान पनि दिलाउँछ, स्थानीय उत्पादनप्रति सर्वसाधारणको चासो बढ्दै जान्छ”, उहाँले भन्नुभयो ।

सङ्घका अध्यक्ष नरेश कँडेलले स्थानीय उत्पादनको प्रवद्र्धन होस् भनेर अतिथि उपहारका लागि डाली र मकै छानिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादित मकै उपहारका रुपमा अतिथिहरूलाई प्रदान गरिएको हो । ताराखोलालगायत यहाँका लेकाली भेगमा लगाइने रैथाने जातको मकै स्वादिष्ट र पौष्टिक मानिन्छ । यहाँ आउने पाहुनाले पछिल्लो समय ताराखोलाकै मकै र आलु अनि भाँगो र सिस्नोको धुलो खोज्ने गरेका छन् ।

यस्तै निगालोको चोयाबाट बन्ने डोका, डालाडाली, नाङ्ला आदिका लागि पनि ताराखोला, बडिगाडको जलजलालगायत उपल्लो ग्रामीण भेग बढी चिनिन्छन् । चैते दसैँलगायतका अवसरमा हुने मेला, महोत्सवमा ती ठाउँका किसान हप्तौँ दिन लगाएर डालाडाली र नाङ्ला बेच्न सदरमुकाम आइपुग्छन् । अध्यक्ष कँडेलले पछिल्लो समय ताराखोलाको मकै ‘ब्राण्ड’का रुपमा स्थापित भइसकेको बताउनुभयो । “यहाँको सिरिम्ले मकै विदेशसमेत निर्यात हुँदै आएको छ, भुटेर खाँदा मकै ज्यादै स्वादिलो छ, आटोका रुपमा खाँदा पनि उत्तिकै रुचाइन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय होटल, रेष्टुराँमा पनि भुटेको मकैको खपत बढ्दो छ ।”

गत पुसमा सञ्चालित बागलुङ महोत्सवमा पनि ताराखोलाको आलु, मकै, भाँगो, सिस्नोको धुलोलगायत स्थानीय उत्पादनले आकर्षण थपेका थिए । स्थानीय उत्पादनको व्यवसायीकरणका लागिसमेत सङ्घले किसान र व्यवसायीहरूलाई सहयोग गर्दै आएको अध्यक्ष कँडेलको भनाइ छ ।

साधारणसभाकै अवसरमा काठेखोला गाउँपालिका–८ लेखानीमा कोदोको बिस्कुट उद्योग सञ्चालन गर्नुभएका चानसिँह श्रीसलाई नगदसहित सम्मान गरिएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो । बागलुङ नगरपालिका–१ रामरेखास्थित मनसुन दालमोठ उद्योगका सञ्चालक यमप्रसाद कँडेलले ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, म्याग्दीको गौसरालगायत ठाउँबाट ल्याएको मकै प्रशोधनपछि भुटेर बजार पठाउने गरिएको बताउनुभयो ।

“उद्योगमा भुटेर प्याकेजिङ गरिएको मकै काठमाडौँ, भैरहवा, पोखरालगायत सहरमा पनि निर्यात हुँदै आएको छ, बाहिरका व्यापारीमार्फत बागलुङको मकै हङकङ र बेलायतमासमेत पुग्ने गरेको छ”, उहाँले भन्नुभयो, “विदेशी जाने बागलुङलेहरूले कोशेलीका रुपमा पनि भुटेको मकै लाने चलन छ ।”

मकैबाट आटो, रोटी, सातुलगायतका परिकार पनि बनाउन सकिने कँडेलले बताउनुभयो । सञ्चालक कँडेलले जाडो याममा दैनिक पाँच÷छ क्विन्टल भुटेको मकै बजार जाने गरेको बताउनुभयो । “असोजदेखि चैतसम्म मकैको बिक्री धेरै हुन्छ, कुनै महिनामा त माग धान्नै गाह्रो हुन्छ, बागलुङको भुटेको मकै भनेपछि एककिसिमको ब्राण्ड बनेको छ”, उहाँले भन्नुभयो, “बाहिरी जिल्लाबाट धेरै माग आउने गरेको छ ।”

उद्योगले गाउँका किसानबाट सिरिम्ले मकै खरिद गरी भुटेर बजारमा बेच्दै आएको छ । विषादीरहितको रैथाने जात, उर्वरा माटो, लेकाली हावापानी आदि कारणले बागलुङका ग्रामिण भेगमा लगाइएको मकै उपभोक्ताको रोजाइमा पर्ने गरेको हो । बागलुङ बजारस्थित होटल आरतीका सञ्चालक कविता बस्नेतले ताराखोलाको मकै, आलु, भाँगो, च्याउ, सिन्की, गेडागुडीलगायत उत्पादनबाट बनेका परिकार पाहुनालाई चखाउने गरेको सुनाउनुभयो ।

“हाम्रो भान्छामा स्थानीय परिकार अनिवार्य पाक्छ, गाउँले खानाको स्वादले पाहुनाको पनि आकर्षण बढेको छ”, उहाँले भन्नुभयो, “ममः चाउमिनजस्ता खाजाको सट्टा आलु, मकै आदिका परिकार रोज्नेको सङ्ख्या बढ्दो छ ।” उहाँले पछिल्लो समय सहरी क्षेत्रका मानिस पनि परम्परागत खानाका परिकारतर्फ आकर्षित भइरहेको बताउनुभयो । “अग्र्यानिक उत्पादन भनेपछि ग्राहकले खुसी भएर खान्छन्”, उहाँले भन्नुभयो ।

होटल दि राजनका सञ्चालक राजन शाक्यले विशेष गरी ताराखोलाको मकै, आलु र भाँगो ग्राहकको रोजाइमा पर्ने गरेको बताउनुभयो । “होटलमा आउने पाहुनाले स्थानीय परिकार बढी रुचाउन थालेका छन्, यहाँको उत्पादन जिल्ला बाहिरपनि निर्यात हुँदै आएको छ”, सञ्चालक शाक्यले भन्नुभयो, “स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि उद्योग वाणिज्य सङ्घलगायत सम्बद्ध निकायले ध्यान दिनु जरुरी छ ।” रासस