९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान

हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान
अ अ+ अ-

काठमाडौँ । १० वर्षपछि विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार एक समारोहका बीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका विदाई गरेको हो ।

उनीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिद्का उपाध्यक्ष शिव कोईराला, परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले विदाई गरेका हुन् । नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रुपमा आयोजना हुने आइसिसी‌ ट्वान्टी–२० विश्वकप खेल्दैछ ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्न लागेको हो । विदाई कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याउने उल्लेख गर्दै घृणा र तृष्णाको फोहोर राजनीतिबाट पर राख्ने बताउनु भयो । उहाँले राष्ट्रिय खेलाडीहरुले प्राप्त गर्नुपर्न सुविधाका लागि समेत खेलाडीहरुले संघर्ष गर्नु परिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याएको छ । एक ठाउँमा उभिएको छ । सरकारका तर्फबाट तपाईंहरुले पाउनुपर्ने कयाँै कुरा पाउनुभएको छैन । एउटा राष्ट्रिय खेलाडीहरुले प्राप्त गर्नुपर्न सुविधाका कुरा, आफूले पाएको र सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गर्न समेत संघर्ष गर्नुपरेको अवस्थामा यो तपाईंहरुको बलले नै गर्नुभएको छ ।’

सन् २०१४ को विश्वकप हेरेर नै हामी उत्प्रेरित हुँदै क्रिकेटमा आएको उल्लेख गर्दै कप्तान रोहितकुमार पौडेलले अब नयाँ पुस्तालाई उत्प्रेरित गर्ने जिम्मेरवारी आफ्नो टोलीमा रहेको बताउनु भयो । उहाँले यहाँसम्म पुग्न साथ सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद दिनुभयो ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति संशोधन गर्न मन्त्रालयले काम गरिरहेको बताउनु भयो । सदस्यसचिव टंकलाल घिसिङले प्रतिवन्ध, नेपाली खेलकुदको अस्थिरता र महामारीका कारण नेपाली क्रिकेटले पुनः विश्वकपमा पुग्न दशक लागेको उल्लेख गर्दै यो सफलता दोहो¥याउन कडा मिहेनत गर्ने खेलाडीलाई धन्यवाद दिनुभयो । उहाँले निरन्तर विश्व कप खेल्ने र एक दिन विश्वकप जित्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सदस्यसचिव घिसिङले आगामी विश्व कपमा नेपाली टोलीको साथमा १२ औं खेलाडीको रूपमा सिंगो तीन करोड जनता नै रहने उल्लेख गर्दै उच्च आत्मबलका खेल्ने शुभकामना दिनुभयो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले दश वर्ष अगाडि नै विश्वकप खेलेको उल्लेख गर्दै यस पटक नयाँ इतिहास रच्न नेपाली टोली जान लागेको बताउनु भयो । क्यानका सचिव पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टिमले एउटा म्याच हार्दा सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आउने गरेको भन्दै हरेक पटक नै नयाँनयाँ टिम फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताउनु भयो ।

उहाँले नेपाली क्रिकेटका लागि यो राम्रो रहेको पनि बताउनु भयो । सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । वेस्ट इण्डिज एका कप्तान रोस्टन चेजले विश्वकप खेल्न जाने नेपाली टोलीलाई शुभकामना दिँदै आगामी दिनमा पनि आफ्नो टोली नेपाल आउन आतुर रहेको विश्वास व्यक्त गर्नुभयो । नेपाली टोली आज राति नै अमेरिका प्रस्थान गर्नेछ ।