५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित)



अ+ अ-

काठमाडौं । अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टि–२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको बिदाइ गरेको हो । विश्वकप जुन २ देखि २९ सम्म हुने ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत सहभागी थिए । नेपाली टोली भोलि राति वेस्टइन्डिज जानेछ ।

नेपाली टोलीको कप्तान रोहित पौडेल छन् । पौडेलले १० वर्षपछि विश्वकप खेल्न लागेकोमा खुसी व्यक्त गर्दै उत्कृष्ट तयारी गरेको बताए ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले पनि नेपालका लागि योगदान दिन पाउँदा खुसी लागेको बताए ।

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा नेपाल समूह डीमा छ ।

नेपालले अहिले कहिले कोसँग खेल्छ त ?

४ जुन : नेपालविरुद्ध नेदरल्यान्ड्स

१२ जुन : नेपालविरुद्ध श्रीलंका

१५ जुन : नेपालविरुद्ध दक्षिण अफ्रिका

१७ जुन : नेपालविरुद्ध बंगलादेश