२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि घरवहाल कर लगायतको बजार अनुगमन शुरु गरेको छ ।

महानगरपालिकाको राजश्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ अभियानको रुपमा तीन प्रकारका राजश्व अनुगमन टोलीको व्यवस्था गरेर बजारमा परिचालन गरेको छ । महानगरले जनप्रतिनिधि, कर्मचारी, राजश्व विभाग कर्मचारी सहितको टोलीले पसल तथा कम्प्लेक्सहरुमा घरबहाल कर र महानगरलाई तिर्नुपर्ने कर तिरे/नतिरेकोबारे अनुमगन थालेको छ । महानगरले कर बुझाउने करदातालाई धन्यवाद दिने र कर नबुझाउने करदातालाई कर तिर्न आग्रह गर्ने अभियान चलाएको बताएको छ ।

महानगरको टोलीले न्युरोड क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनको क्रममा व्यवसाय दर्ता भएपनि नविकरण नगरेको र घरबहाल करमा समस्या देखिएको काठमाडौं महानगर राजश्व विभागका राजश्व अधिकृत रामजी श्रेष्ठले बताउनु भयो । उहाँले नेपाल सरकार र महानगरलाई पनि घरबहाल कर तिर्नुपर्ने भएकाले समस्या देखिएको बताउनु भयो । उहाँले घर भाडा तिरेको बहालकर तिर्ने रकम फरक पाइएकाले महानगरपालिकाले बिचार गर्नुपर्ने देखिएको बताउनु भयो । उहाँले वास्तविक भाडा अनुसार घरबहाल कर तिर्नुपर्ने कानून बनाएर असुल गर्न आवश्यक देखिएको बताउनु भयो ।

नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्लेले बजारमा चलेको भाडा भन्दा कममा बहाल सम्झौता भएको पाइएको बताउनु भयो । उहाँले २०७३ साल देखि २०८० सम्म करिव ७ वर्षको बहालकर व्यवसायीहरुले जम्मा २६ हजार मात्रै तिरेको देखिएको बताउनु भयो । उहाँले न्युरोड क्षेत्रमा नै एउटा सटर भाडा ४ हजारसम्म सम्झौता भएको देखिएको बताउनु भयो । महानगरले बहालकर १० प्रतिशत लिने गरेको भन्दै यति सस्तोमा सटर पाउने ठाउँ नभएको बताउनु भयो । उहाँले अनुगमनको क्रममा कतिपय पसलहरु नविकरण नभएको पाइएको बताउनु भयो । उहाँले धेरै व्यवसायीहरुले व्यवसाय कर र बहाल कर नबुझाएको पाएको भन्दै अनुगमनको रिपोर्ट महानगरपालिकालाई बुझाएर नियम अनुसार कारबाही गरिने बताउनु भयो ।

महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बीचका सर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ समेत जारी गरेको छ ।