काठमाडौ । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने अदालत मागेको घरौटी रकम बुझाउन नसके पछि कारागार चलान भएका छन् । बिहिबार जिल्ला अदालत भक्तपुरले मागेको ३५ लाख रुपिया धरौटी बुझाउन नसक्ने जनाएपछि न्यौपाने लाई सदरखोर डिल्लीबजार चलान गरिएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको जग्गा प्रकरणमा ७० लाख रुपैयाँ घुस दिएको भिडियो प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।
न्यौपाने सहित अन्य पाँच जनाले कलेजको ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दा थियो। मुद्धा दायर भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर १० गते चण्डोलस्थित निवासबाटै न्यौपानेलाई पक्राउ गरेको थियो ।











