६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

रसुवाका सबै वडामा काँग्रेसको विरोध प्रदर्शन

रसुवाका सबै वडामा काँग्रेसको विरोध प्रदर्शन
अ+ अ-

रसुवा । रसुवाको २७ वटै वडामा सोमबार नेपाली कांग्रेस बिरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा बिघटन बिरुद्ध कांग्रेसले देशभरको वडास्तरमा बिरोध प्रदर्शन कार्यक्रम अन्तर्गत जिल्लाका २७ वटै वडामा प्रदर्शन गरेको हो । जिल्लाको २७ वटै वडामा भएको बिरोध सभालाई जिल्लाका प्रमुख शिर्ष नेताहरुले सम्बोधन गरेको नेपाली कांग्रेस रसुवाले जनाएको छ ।

जिल्लाको स्याफ्रुबेशीमा भएको बिरोध सभालाई प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेपाली कांग्रेस रसुवाका सभापती पेम्बाछिरिङ तामाङले सम्बोधन गरेका छन् । सदरमुकाम धुन्चेमा भएको बिरोध सभालाई कांग्रेस नेता उपेन्द्र लम्साल, लक्षिन तितुङ, कांग्रेस नेतृ सुनितामाया गुरुङले सम्बोधन गरेका छन् । त्यसैगरि उत्तरगया गाउँपालिका ४ कर्मिडाँडामा भएको बिरोध सभालाई कांग्रेस नेता उत्तम थापा, माँझगाउँमा भएको बिरोध सभामा नेता ओमप्रसाद आचार्य लगायतले सम्बोधन गरेका छन् ।

विरोध सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले संसद बिघटनको कदम असंबैधानिक रहेको बताए । नेपाली कांग्रेस सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको भन्दै उनले न्यायलयले दिने फैसला कांग्रेस लाई मान्य हुने समेत बताए । अब आन्दोलित हुँदै नयाँ निर्बाचनको तयारीमा सक्रिय हुन कार्यकर्तालाई आग्रह समेत गरे ।

त्यसैगरि नेपाली कांग्रेस रसुवाका सभापती पेम्बाछिरिङ तामाङ, कांग्रेस नेता उपेन्द्र लम्साल, महिला नेतृ सुनितामाया गुरुङले अब निर्वाचनका लागि जुट्नुको बिकल्प नभएको बताए । प्रतिनिधिसभा बिघटन असम्बैधानिक कदमको बिरोधलाई आन्दोलित गराउदै नयाँ चुनाबको लागि तयार र सक्रिय रहन अपिल समेत गरेका छन् ।

दुई दर्जनभन्दा बढी युवा काँग्रेसमा प्रवेश 

यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार रसुवामा दुई दर्जन युवा नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । बिहिबार सदरमुकाम धुन्चेमा भएको कार्यक्रममा नेकपा लगायतका बिभिन्न पाटी परित्याग गरि दुई दर्जन युवा नेपाली कांगे्रसमा प्रबेश गरेका हुन् ।

प्रबेशीहरुलाई नेपाली कांग्रेसका नेता उपेन्द्र लम्साल, राजु तितुङ, डि टी तितुङ र महिला नेतृ सुनितामाया गुरुङले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।