२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना



अ+ अ-

एजेन्सी । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई आईपीएलको आचार संहिता उल्लंघन गरेको आरोपमा २४ लाख जरिवाना गरिएको छ ।

यसका साथै मुम्बई इन्डियन्सका इम्प्याक्ट प्लेयरसहित अन्य खेलाडीले पनि सजाय भोग्नुपरेको छ । मुम्बई इन्डियन्सले मंगलबार लखनऊ सुपरजाइन्ट्स विरुद्ध आफ्नो पूरा ओभर बलिङ समयमै गरेन ।

आईपीएलको विज्ञप्ति अनुसार यो सिजनमा मुम्बई इन्डियन्सलाई स्लो ओभर रेटमा दोषी पाएको दोस्रो पटक हो र जसका कारण सम्पूर्ण टोलीले सजाय भोग्नुपरेको छ । ‘ओभर रेट अपराधको सम्बन्धमा आईपीएल आचार संहिता अन्तर्गत यो सिजनको टोलीको दोस्रो अपराध थियो ।’ विज्ञप्तिमा भनिएको छ । त्यसैले हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना लगाइएको छ ।

इम्प्याक्ट खेलाडीसहित मुम्बई इन्डियन्सका अन्य खेलाडीलाई पनि जरिवाना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘इम्प्याक्ट खेलाडी सहित प्लेइङ ११ का बाँकी सदस्यहरूलाई व्यक्तिगत रूपमा रु ६ लाख वा म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।’ हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बई इन्डियन्सले १० खेलमा सातौं हार बेहोरेको छ ।

लखनउको एकना स्टेडियममा भएको खेलमा मुम्बई इन्डियन्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । जवाफमा लखनउ सुपरजायन्ट्सले ४ बल बाँकी रहँदै चार विकेटले खेल जित्यो । यो जितसँगै लखनउ सुपरजायन्ट्स आईपीएल २०२४ को अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । मुम्बई इण्डियन्सको टोली नवौं स्थानमा छ ।