११ श्रावण २०८३, सोमबार
,
Latest
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ए विरुद्ध तेस्रो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन जोड्यो । उसका लागि जोनसन चाल्र्सले शतकीय इनिङ्स खेले । उनी ६१ बलमा ११९ रनमा नटआउट रहे ।

यस्तै, किमो पल ७ बलमा १३ रनसहित अविजित रहे । आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान दिए । यस्तै, फाबियन एलेनले १९, एलिक अथान्जेले १७ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले ४ ओभरमा ५४ रन खर्चेर एक विकेट लिए । सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर एक विकेट लिए ।