६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘ननभेज’ आन्दोलन भनेको के हो ? – प्रधानमन्त्री ओली

‘ननभेज’ आन्दोलन भनेको के हो ? – प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १७  र २७ गते दुई चरणमा हुने निर्वाचनका लागि पहिलो चरणमा  २ नम्बर प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम   प्रदेशमा गर्ने सोच सरकारको रहेको बताउनु भएको छ ।

शसस्त्र प्रहरी दिवसमा प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, दुई चरणमा निर्वाचन गर्ने क्षेत्र निर्धारणको काम भै रहेको छ । दोस्राे चरणमा  १ नम्बर प्रदेश ,बाग्मती र  कर्णाली प्रदेशमा  गर्ने सोच छ । तर याे मेराे निजी विचार हाे, र यसलाइ टुंगाेमा पुर्याउन गृहकार्य भइरहेकाे छ । 

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली नै उपयुक्त होइन भन्ने सिद्ध गर्न अनेक झलक देखिन थालेको भन्दै सचेत रहन शसस्त्र प्रहरी बललाई निर्देशन दिनुभयो  ।

प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा हिंसालाई प्रोत्साहन दिइएको भन्दै प्रश्न गर्नुभयो, 'ननभेज' आन्दोलन भनेको के हो ? आजको आन्दोलनमा केही रफु भरिन सक्ने भए पनि वास्तविक कुरा बाहिर आएको भन्दै  प्रधानमन्त्री ओलीले  संविधान र कानूनको पालना गर्दै  शान्ति सुव्यवस्था कायम राख्न पनि निर्देशन दिनुभयो । 

उहाँले देशका सीमाक्षेत्रमा शसस्त्र प्रहरीका बाेर्डर आउट पाेस्टहरू धमाधम स्थापना भइरहेका छन् भन्दै यी कार्यहरूले देशकाे सीमासुरक्षामा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।