५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपका लागि आज भारतीय टोलीको घोषणा गरिएको छ । बीसीसीआईले १५ खेलाडीको नाम अनुमोदन गरेको छ । केकेआरका विस्फोटक ब्याट्सम्यान रिंकु सिंह उत्कृष्ट फर्ममा छन् तर उनलाई मुख्य टोलीमा स्थान दिइएको छैन ।

उनलाई रिजर्भ खेलाडीको रुपमा टिममा राखिएको छ । मुख्य टोलीमा नपरेकोमा रिंकुका फ्यान निकै दुखी छन् ।

 

भारतीय पूर्व अलराउन्डर इरफान पठानले रिंकुलाई मुख्य टोलीमा समावेश नगरेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले यो टोलीमा रिंकु सिंह हुनुपर्ने बताए । पठानले ट्विट गर्दै टिम छनोट गर्दा रिंकु सिंहको विगतको प्रदर्शनलाई ध्यानमा राख्नुपर्ने बताए ।

उनले एक्स (ट्वीटर)मा लेखेका छन्, ‘मलाई लाग्छ रिंकु सिंहको टीम इन्डियाका लागि हालैको प्रदर्शनलाई नजरअन्दाज गर्नु हुँदैनथ्यो ।’

टी–२० विश्वकप २०२४ का लागि भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।

रिजर्भ खेलाडीहरू – शुभमन गिल, खलील अहमद, रिंकु सिंह, आवेश खान ।