२७ श्रावण २०८३, बुधबार
,
Latest
सरकारी कार्यालयमा पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन सरकारको निर्देशन कार्यकाल बाँकी छँदै दुई सचिवले छाडे पद ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको आईपीएल: लखनउविरुद्ध जितको खोजिमा मुम्बई



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४८ औं खेलमा आज लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । लखनउको घरेलु मैदान भारत रत्न श्री अटल बिहारी वाजपेयी स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५बजेबाट सुरु हुनेछ ।

यो सिजनमा आज लखनउ र मुम्बईबीचको पहिलो खेल हुन लागेको हो । यस सिजनमा ९ खेल खेलिसकेको लखनउ ५ जित निकाल्दै १० अंकसहित अंक तालिकाको पाँचौं स्थानमा छ । उता मुम्बई भने ९ खेलमा ३ जित हात पार्दै ६ अंकसहित तालिकाको नवौं स्थानमा छ ।

हेड टु हेडमा लखनउ अगाडि

आईपीएलमा लखनउ र मुम्बईबीच ४ खेल खेलिएको छ । जसमा लखनउले तीन खेल जितेको छ भने मुम्बई एक खेल मात्र जितेको छ ।

राहुल एलएसजीका सर्वाधिक रन स्कोरर

एलएसजीका कप्तान केएल राहुल यो सिजन टोलीका सर्वाधिक रन स्कोरर हुन्। उनले अहिलेसम्म १४४.२७ को स्ट्राइक रेटमा ३७८ रन बनाएका छन्। युवा खेलाडी यश ठाकुरले ८ खेलमा ९ विकेट लिएका छन् ।

तिलक वर्मा एमआईको सर्वाधिक स्कोरर

तिलक वर्मा एमआईबाट फर्ममा छन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै कठिन परिस्थितिमा टोलीलाई सम्हालिरहेका छन्। तिलकले ३ अर्धशतकसहित ३ सय ३६ रन बनाएका छन् । उनले अहिलेसम्म ९ खेलमा १४ विकेट लिएका छन् ।

लखनऊ सुपरजायन्ट्सको सम्भावित प्लेईङ​ ११:

केएल राहुल (कप्तान र विकेटकीपर), क्विन्टन डी कक, दीपक हुडा, मार्कस स्टोइनिस, निकोलस पूरन, आयुष बडोनी, क्रुणाल पाण्ड्या, म्याट हेनरी, रवि बिश्नोई, यश ठाकुर र मोहसिन खान।

इम्प्याक्ट प्लेयर: देवदत्त पडिक्कल।

मुम्बई इन्डियन्सको सम्भावित प्लेईङ​ ११:

हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), तिलक वर्मा, नेहल वढेरा, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, लुक वुड, जसप्रित बुमराह र नुवान थुसारा।

इम्प्याक्ट प्लेयर: सूर्यकुमार यादव।