२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्न उत्साहित छु: कुशल भुर्तेल



अ+ अ-

काठमाडौँ । केटिएम कन्सलटिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन् ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो । केटिएम कन्सलटिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ । सोही क्रममा भुर्तेल ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् ।

आज कन्सलटेन्सी र भुर्तेलबीच एक वर्षको लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो । भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् । नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन् । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुशी लागिरहेको बताउनु भयो । उहाँले आगामी टि २० विश्वपकप खेल्नका लागि आफू उत्साहित रहेको बताउनु भयो ।

केटिएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौं, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेका छन् । साउथ एशियामा भूटान, बंगलादेश, श्रीलंकामा पनि ब्रान्चहरु रहेका छन् । ग्रुपले उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई अस्टे«लिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशहरुमा पठाउँदै आएको छ ।