९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

विश्वकप खेल्न उत्साहित छु: कुशल भुर्तेल

विश्वकप खेल्न उत्साहित छु: कुशल भुर्तेल
अ अ+ अ-

काठमाडौँ । केटिएम कन्सलटिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन् ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो । केटिएम कन्सलटिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ । सोही क्रममा भुर्तेल ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् ।

आज कन्सलटेन्सी र भुर्तेलबीच एक वर्षको लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो । भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् । नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन् । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुशी लागिरहेको बताउनु भयो । उहाँले आगामी टि २० विश्वपकप खेल्नका लागि आफू उत्साहित रहेको बताउनु भयो ।

केटिएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौं, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेका छन् । साउथ एशियामा भूटान, बंगलादेश, श्रीलंकामा पनि ब्रान्चहरु रहेका छन् । ग्रुपले उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई अस्टे«लिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशहरुमा पठाउँदै आएको छ ।