२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज: दोस्रो स्थानको लागि कोलकाता र दिल्ली भिड्दै



अ+ अ-

एजेन्सी । आईपीएलको १७ औँ सिजनको ४७ औं खेलमा आज कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । कोलकाता इडेन गार्डेनमा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:३० बजेदेखि सुरु हुनेछ ।

दुवै टोली यो सिजन दोस्रो पटक भिड्दैछन् । पछिल्लो खेलमा कोलकाता १०६ रनले विजयी भएको थियो ।

आज कोलकाताले सिजनमा ९औं खेल खेल्दैछ । अन्तिम ८ मध्ये ५ जित र ३ हारसँगै १० अंक जोडेको टोली अंक तालिकाको दोस्रो स्थानमा छ । अर्कोतर्फ, दिल्लीले आज आफ्नो ११ औं खेल खेल्दैछ। टोलीले १० मध्ये ५ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । टोली १० अंकसहित तालिकाको पाँचौं नम्बरमा छ।

हेड टु हेडमा कोलकाता अगाडि

कोलकाताले दिल्लीलाई हेड टु हेडमा हावी गरेको छ । यी दुई टोलीबीच अहिलेसम्म कुल ३३ वटा आईपीएल खेल भएका छन् । जसमा कोलकाताले १७ खेल जितेको छ भने दिल्लीले १५ खेल हात पारेको छ । एक खेलको नतिजा आउन सकेको छैन ।

कोलकाता सुनिल नारायण उत्कृष्ट खेलाडि

कोलकाताका अलराउन्डर सुनिल नारायण टोलीका सर्वाधिक रन बनाउने र विकेट लिने दुवै खेलाडी हुन्। उनले ३५७ रन बनाएका छन् भने १० विकेट लिएका छन् ।

दिल्लीका लागि पन्तले सर्वाधिक रन बनाए

दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक रन बनाएका छन् । उनले १० खेलमा ३ सय ७१ रन बनाएका छन् । बलरमध्ये मुकेश कुमारको नाममा ७ खेलमा १३ विकेट छन् ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेईङ​ ११:

श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकीपर), सुनील नारायण, अङ्क्रिश रघुवंशी, भेंकटेश अय्यर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, दुष्मन्थ चमेरा, वरुण चक्रवर्ती र हर्षित राना।

ईम्प्याक्ट खेलाडी: अनुकुल रोय।

दिल्ली क्यापिटल्सको सम्भावित प्लेईङ​ ११:

ऋषभ पन्त (विकेटकीपर र कप्तान), ज्याक फ्रेजर(मगार्च, कुमार कुशाग्रा, शाई होप, ट्रिस्टन स्टब्स, अभिषेक पोरेल, अक्षर पटेल, कुलदीप यादव, लिजाद विलियम्स, मुकेश कुमार र खलील अहमद।

ईम्प्याक्ट खेलाडी: रसिक सलाम।