९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ–रोहित

विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ–रोहित
अ अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताउनुभएको छ ।

शनिवार त्रिवीमा वेस्ट इण्डिज ‘ए’ विरुद्ध कप्तानी इनिङ खेल्दै जित दिलाएपछि पत्रकार सम्मेलनमा रोहितले सो धारणा राख्नुभयो । आयरल्याण्डसँगको खेलबाट नै सबै खेलाडीमा राम्रो क्षमता देखिएको र सबैमा रिप्लेसमेन्ट गर्नसक्ने क्षमता रहेको रोहितले उल्लेख गर्नुभयो । त्यसैले ट्वान्टी–२० विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न चुनौती हुने उहाँको विश्वास छ । उहाँले क्षमतावान खेलाडी धेरै रहेको उल्लेख गर्दै समग्रमा सबैको प्रदर्शन राम्रो रहेको धारणा पनि राख्नुभयो । तर आउने दिनमा जसले राम्रो गर्नसक्छ त्यहाँबाट उत्कृष्ट १५ खेलाडी विश्वकपका लागि छनोट हुने कप्तान रोहितको विश्वास छ ।

आगामी १/२ खेलमा नै विश्वकपका लागि सबैको भूमिका तय हुने पनि रोहितले बताउनु भयो । उनले शतकीय इनिङ खेल्छु नै भन्ने योजनामा नरहेको पनि उल्लेख गर्नुभयो । आफूले बलमा ध्यान दिँदै सोहीअनुरूप ब्याटिङ गरेको उहाँको भनाइ छ । तर रोहितले सोचेअनुरूप ब्याटिङ भएको बताउनु भयो । उहाँले आज आफ्नो दिन थियो जस्तो लागेको पनि उल्लेख गर्नुभयो । कप्तान रोहितले प्रशिक्षक मोन्टी देसाईसँग एउटा खेलाडीले राम्रो गर्नसक्यो भने टोलीमा आत्मविश्वास बढ्छ भन्ने छलफल हुने गरेको बताउनु भयो । त्यसैले यो इनिङले टोलीमा आत्मविश्वास बढ्ने उहाँले आशा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ओमानसँगको खेलबाट निराश थियौं । त्यहाँबाट अगाडि बढ्न आवश्यक थियो । त्यो खराब दिन सोचेको भए आजको प्रदर्शन सम्भव थिएन । सबैले आ आफ्नो जिम्मेवारीअनरूपमा गरेँ । त्रिवि २०० सयको रन चेज गर्न सकिन्छ भन्ने थियो, त्यही अनुरूप खेल्यौं । यो लक्ष्य पूरा भएपछि पनि सेलिब्रेट गर्छु भन्ने थियो । त्यसैले शतक हाने पनि सेलिब्रेट गरिन । त्यो पूरा हुन सकेन ।’

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले ओमान भ्रमण आशातित प्रदर्शन गर्न नसकिएको उल्लेख गर्दै त्यसको जिम्मेवारी आफूले लिने बताउनु भयो । तर आज रोहितले राम्रो प्रदर्शन गरेको प्रशिक्षक मोन्टीले बताउनु भयो । पछिल्लो १५ महिनामा रोहितको उत्कृष्टमध्ये एक प्रदर्शन गरेको प्रशिक्षकको बुझाइ छ । उहाँले एउटा खेलबाट कोही पनि राम्रो र नराम्रो भन्न नसकिने पनि स्पष्ट पार्नुभयो ।

प्रशिक्षक मोन्टीले वेस्ट इण्डिजसँगको यो खेलले नेपाली टोलीमा आत्मविश्वास बढाउने आशा व्यक्त गर्नुभयो । वेस्ट इण्डिजका प्रशिक्षक फ्लोयड रेइफरले आजको खेलमा राम्रो गर्न नसके पनि आगामी खेलमा राम्रो गर्न आशा व्यक्त गर्नुभयो । आफ्नो टोलीले राम्रो शुरुवात गरे पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताउनु भयो ।