२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन सरकारले नेपाललाई ३००,००० डाेज खाेप दिने



अ+ अ-

बेइजिङ । चीन सरकारले कोरोनाभाइरसकाे तीन लाख डाेज खोप नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।

स्राेतका अनुसार, नेपाललाइ उपलब्ध गराइने खाेपका लागि हाल नेपालस्थित स्वास्थ्य मन्त्रालयको पत्रको प्रतीक्षा गरिरहेको चीनले र पत्र प्राप्त हुनासाथ खाेप नेपाल पठाइने छ । 

याे खाेप चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेकाे हाे जसले १ लाख ५० हजार व्यक्तिलाइ पुग्नेछ ।

नेपाल सरकारले चीन सरकार समक्ष ६० लाख डाेज खोपका लागि अनुराेध गरेकाे छ । उक्त खाेप चीन सरकारले किस्ता किस्तामा पठाउने जनाइसकेकाे छ । नेपालमा खोप भण्डारको क्षमता कम रहेको र  खोप लगाउने दक्ष जनशक्ति समेत कम रहेका कारण सरकारले माग गरेको खोप किस्ता किस्तामा पठाउन लागेको चिनियाँ विदेश मन्त्रालयकाे स्राेतले जनाएकाे छ ।

चिनियाँ कम्पनीले निर्माण गरेका खोपको माग विश्वभर नै रहेको छ । 

चीन सरकारले हालै सिनोर्फमले उत्पादन गरेकाे कोरोना खोप पाकिस्तान सरकारलाई पनि पाँच लाख डोज उपलब्ध गराएको थियो ।