९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो

आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो
अ अ+ अ-

काठमाडौँ । कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई दोस्रो पटक पराजित गरेको छ।

टोलीले चालु सिजनको ४० औं खेलमा टाइटन्सलाई ४ रनले पराजित गरेको हो । दिल्लीको यो सिजनमा चौथो जित हो । यो जितसँगै दिल्ली ८ अंकसहित अंक तालिकाको छैटौं स्थानमा पुगेको छ ।

अरुण जेटली स्टेडियममा बुधबार भएको खेलमा गुजरातले टस जितेर बलिङ रोजेको थियो । दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २२५ रन बनायो । गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २२० रन मात्रै बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच ऋषभ पन्त भए । पन्तले ४३ बलमा ८८ रनको इनिङ खेले । यति मात्र होइन, उनले दुईवटा क्याच पनि लिए ।

जवाफी इनिङ्समा जीटीका डेभिड मिलर (५५ रन) र साई सुदर्शन (६५ रन)ले अर्धशतक बनाएका थिए । मिलरले २० बलमा आफ्नो अर्धशतक पूरा गरे। ओपनर ऋद्धिमान साहाले ३९ रनको योगदान दिए भने राशिद खान २१ रन बनाएर अविजित फर्किए ।

दिल्लीका रसिख सलामले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए । एनरिके नोर्त्या, मुकेश कुमार र अक्षर पटेलले एक–एक विकेट लिए ।