२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक अगुवाको मार्चपासमा प्रहरीको हस्तक्षेप फोटो फिचर



अ+ अ-

काठमाडौ । नागरिक अगुवाहरुले प्रतिनिधि सभा विघटन विरुद्ध गरेको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ । कमलपोखरी देखि शुरु भई प्रधानमन्त्री निवास बालुवाटार नजिकै पुगेको मार्चपासमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको हो ।

नागरिक अगुवाहरुले कमलपोखरीको माटो लगाएर मार्चपास शुरु गरेका थिए । मार्च कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल, भाटभटेनी हुँदै बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । लाठिचार्ज र पानीको फोहोराका कारण केही अगुवाहरु घाइते भएको नागरिक अगुवाहरुले बताएका छन् ।