६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काँग्रेस केन्द्रीय समिति बैठक, निर्णय के आउला ? आन्दोलन कि चुनाव ?

काँग्रेस केन्द्रीय समिति बैठक, निर्णय के आउला ? आन्दोलन कि चुनाव ?
अ+ अ-

आज नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । खसमा गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि उत्पन्न भएको परिस्थितिका बारेमा अनिर्णित जस्तो बनेको काँग्रेसको आज ढिला भए पनि केन्द्रीय समिति बैठक बस्दैछ । त्यसो त के गर्ने भन्ने विषयमा निर्णय गर्न नसक्दा नै यो बैठक ढिला भएको थियो । 

प्रधानमन्त्री ओलीले संसद विघटन गरिदिएपछि काँग्रेसमा दुई धार देखिएको हो । काँग्रेसको संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवाले संसद पुनस्र्थापना भन्दा पनि चुनावमा जानुपर्ने बताएका छन् भने अर्काे पक्ष अर्थात् रामचन्द्र पौडेलले भने संसदको पुनस्र्थापना गर्ने विषयमा आन्दोलनमा जानुपर्ने बताएका छन् । तर यी दुई पक्षले आफ्ना विचारहरु आफै बाहिर ल्याएका भए पनि काँग्रेसले केन्द्रीय समितिको बैठक बसेर आधिकारिक रुपमा धारणा बनाएको भने छैन । 

तर रामचन्द्र पौडलेले भने पार्टीले निर्णय गरेजस्तै आफैले आधिकारिक धारणा नै बनाएजस्तो गरी अभिव्यक्ति दिँदै हिँडेका छन् । उनले हालैमात्र विराटनगर पुगेरै एक कार्यक्रममा बोल्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका विरुद्धमा नेकपाकै दाहाल नेपाल पक्षका सांसदले ल्याएको अविश्वासकै पक्षमा काँग्रेस उभिने भनेर सो क्षेत्रका काँग्रेसमा नै अन्योल पैदा गरिदिएका थिए । पौडेले पार्टीले निर्णय नगरीकनै पनि आधिकारिक धारणाजस्तै गरी दाहाल नेपाल पक्षमा खुलेरै लागेका छन् ।  

यही विषयमा पार्टीले नै केन्द्रीय समिति बसरे आधिकारिक धारणा ल्याउनुपर्ने धारणा पार्टीभित्र आएको छ । उता सभापति शेरबहादुर देउवा भने यस विषयमा बडो प्रजातान्त्रिक र सन्तुलित विचारमै अडिग देखिएका छन् । सभापति देउवाले सर्वाेच्च अदालतमा बहसमा रहेको मुद्दामा पार्टीले निर्णय गरेर दखल नदिने तर अदालतले गरेको फैसलालाई मान्ने बताएका छन् । 

सभापति देउवाले आफू अदालतको निर्णयको पक्षमा रहेको र त्यो एक प्रजातान्त्रिक दलको मान्यता हो भनेका छन् । उनले तर काँग्रेस निर्वाचनमा जान भने तयार हुनुपर्नेमा नै शुरुदेखि डिग रही आएका छन् । जस्तो कि हाल प्रदेश सरकारहरुमा नेकपाको आन्तरिक विवादका कारण उत्पन्न भएको परिस्थितिमा पनि काँग्रेसले कुनै चासो नदिने बताउँदै आएका छन् ।

नेकपा आधिकारिक रुपमा नफुटिसकेकोले उनीहरुका गुटमा हामीले साथ दिनुको अर्थ नरहेको देउवाको अडानलाई निर्वाचन आयोगले निर्णयले पनि पुष्टि गरेको छ । यदि नेकपा आधिकारिक र औपचारिक रुपमा फुट्यो भने कुन पक्षसँग कस्तो रणनीतिका साथ अघि बढ्ने भन्ने बारेमा पार्टीले पछि निर्णय गर्ने देउवाको धारणा छ । 

आज यीनै विषयमा छलफल र निर्णय गर्नका लागि नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्न लागेको हो । त्यसो त रामचन्द्रहरुले जेजस्तो धारणा राखे पनि काँग्रेसमा सभापतिकै लाइन पास हुने गरेको परम्परा छ । यसैले आजको बैठकले पनि सभापति देउवाकै लाइन पास गर्नेमा दुई मत छैन । तर पनि  मुलुकको राजनीति अब कसरी अघि बढ्छ भन्ने आधिकारिकताका लागि काँग्रेसले गर्ने निर्णयले ठूलो अर्थ राख्नेछ । 

देउवाको यही सन्तुलित र धैर्यताका कारण नै मुलुकको पछिल्लो राजनीतिमा सलाई केन्द्रबिन्दूमा ल्याइ पुर्याउन सम्भव भएको देखिन्छ । हिजोका दिनमा काँग्रेसलाई प्रजा परिषदको संज्ञा दिने र प्रदेश सरकारहरुमा खोइ कहाँ छ काँग्रेस भनेर अनावश्यक होच्याउने प्रवृत्तिकै व्यवहारले आज काँग्रेस देशेका राजनीतिको निर्णायक शक्ति बन्न पुगेको छ र यसमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सभापति देउवाको भूमिका धैर्यता र संयमको ठूलो महत्व छ । 

हिजोको त्यही व्यवहारले आज प्रदेश सरकारहरुमा काँग्रेसले नै निर्णायक भूमिका खेल्न सक्ने अवस्थामा आएको छ । त्यतिमात्र नभएर मुलुकको राजनीतिमा जस्तो कि संसद पुनस्र्थापना भए पनि र निर्वाचन नै भए पनि यदि अहिलेकै अवस्था कायम रहेमा काँग्रेस नै देशको निर्णायक शक्ति बन्नेमा कुनै दुविधा देखिँदैन ।