काठमाडौ । प्रधानमन्त्री केपी ओलीले तीन महिना भित्र सम्पूर्ण नागरिकलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने बताउनु भएको छ । कोरोना खोपको शुभारम्भ गर्दे प्रधानमन्त्री ओलीले भारत सरकारले सहयोग स्बरुप उपलब्ध गराएको खोप संगै सरकारले थप खरिदको तयारी गरेको पनि जानकारी दिनुभयो ।
सरकारले अनुदानमा लिएर वा खरिद गरेर भएपनि निःशुल्क उपलब्ध गराउने जानकारी गराउनु भएको हो । खरिदका लागि सरकारले बजेटको ब्यबस्था गरिसकेको जानकारी गराउदै प्रधानमन्त्री ओलीले अभियनका लागि सबैको साथ र सहयोग र सग्लनता आबश्यकता रहेको बताउनु भयो ।











