१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा चयन



अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन हुनुभएको छ ।

पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो । सापकोटा सहित कार्यकारी समितिका नवनियुक्त सदस्यहरुलाई आइतवार मात्रै नेपाल पर्यटन बोर्डले औपचारिक रुपमा स्वागत गरेको थियो ।

गत चैत्र १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन सापकोटा सहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो । बोर्ड सदस्यको नियुक्तिसंगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को व्यवस्था अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष तथा मनोनित सदस्यहरु मध्यबाट बोर्डको सदस्यहरुले छानेको एकजना सदस्य उपाध्यक्ष हुने व्यवस्था छ ।

ऐनमा बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव तथा पर्यटन प्रर्वद्धन गर्ने कार्यमा संलग्न पर्यटन व्यवसायी पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरू मध्येबाट सरकारले मनोनीत गरेका ५ जना सदस्य र अर्थ मन्त्रालयको सहसचिव, अध्यागमन कार्यालय तथा नेपाल नागरिक उडड्यन प्राधिकरणको महानिर्देशक सहित ११ जनाको कार्यकारी समित समिति हुने व्यवस्था छ ।