२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलसँग म्यानचेस्टरको बराबरी



अ+ अ-

लन्डन । शनिबार लगातार तेस्रो खेलमा म्यानचेस्टर युनाइटेडले अधिकतम अंक जोड्न असफल रह्यो र इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग इमिरेट्स स्टेडियममा गोलरहित बराबरीमा रोकियो । यसअघि म्यानचेस्टर सिटीले ग्याब्रिएल जेससको गोलमा सेफिल्ड युनाइटेडलाई १–० ले हरायो । यो क्लबको कीर्तिमानी लगातार १२ औं जित हो ।

यस नतिजापछि सिटी २० खेलबाट ४४ अंकसहित शीर्ष स्थानमा कायम रह्यो । छिमेकी म्यानचेस्टर भने २१ खेलबाट ४१ अंकमा दोस्रो स्थानमा छ ।

शनिबारका अन्य खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–०, क्रिस्टल प्यालेसले उल्भ्सलाई १–० र न्युकासल युनाइटेडले एभरटनलाई २–० ले हरायो । यस्तै वेस्ट ब्रुम र फुलहमले २–२ को बराबरी खेले ।