काठमाडौं । सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा रु ९२ हजार १ सयमा रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा रु ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी तेजावी सुन तोलामा ९२ हजार १ रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा रु १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा रु १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








