२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड बिरुद्ध अदालतको अबहेलनामा मुद्दा दायर



अ+ अ-

काठमाडौं । नेकपा नेपाल– दाहाल समुहका अध्यक्ष पुष्पकमल  दाहाल बिरुद्ध अदालतको अबहेलनामा मुद्दा दायर भएको छ । प्रतिनिधिशभा बिघटन बारे सर्बोच्च अदालतले जनभाबना अनुसार निर्णय नगरे जनताको अदालत बाट फैसला गर्ने भन्दै दाहालले अभिब्यक्ति दिनु भएको थियो ।  

काठमाडौमा आयोजित बिरोध शभा  देखी जिल्लाहरु मा भएको कार्यक्रममा पटक पटक यही आशयको अभिब्यक्ति दिदै आउनु भएका दाहालले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता समिर बलामीले अबहेलनामा मुद्दा दायर गर्नुभएको हो ।

यस अघि पनि अदालतको अबहेनलमा प्रधानमन्त्री केपी ओली चार पूर्बप्रधानन्यायधीसहरु मीनबहादुर रायमाझी , अनुपराज शर्मा , कल्याण श्रेष्ठ , शुसीला कार्की र पूर्ब सभामुख दमननाथ ढुगाना बिरुद्ध पनि अबहेलनको मुद्दा  चलिरहेको छ । उहारुलाई आफै अदालतमा उपस्थित भएर जबाफ दिन न्यायधीस मनोजकुमार शर्माको एकल ईजलासले आदेश दिएको थियो ।