२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाविद् बुद्धिनारायणलाई दण्डपाणि–नन्दकुमारी राष्ट्रिय पुरस्कार प्रदान



अ+ अ-

काठमाडौँ । दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले यस बर्षको “दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई अर्पण गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको उपलकुलपति कार्यालयमा आज आयोजित कार्यक्रममा उपकुलपति प्राध्यापक डा केशरजंग बरालले उहाँलाई पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा उपकुलपति बरालले देशको सीमा र त्यसका विविध पक्षबारे सबैभन्दा जानकार सीमाविद् श्रेष्ठ नै भएको बताउनुभयो ।

कुनै पनि नागरिकलाई आफ्नो देश चिन्न सीमाविद् श्रेष्ठकै अनुसन्धानले मद्दत गर्ने भएकोले दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार योग्य व्यक्तित्वले पाएको उहाँको भनाइ थियो ।

सीमाविद् श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने बताउनु भयो । उहाँले छिमेकी देशसँग नेपालको सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

लामो समय अन्तर्राष्ट्रिय सीमासम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न श्रेष्ठले छिमेकी मुलुकसँगको सीमा विवाद यथासक्य छिटो समाधान गर्नुपर्ने समेत बताउनुभयो । “छिमेकसँगको साँध सीमा विवादलाई लामो सयमसम्म राखिरहनु कसैको पनि हितमा हुँदैन”, उहाँले भन्नुभयो ।