२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैवाहिक जीवनमा प्रेम कायम राख्न चाहनुहुन्छ भने यी वास्तु टिप्स अपनाउनुहोस्



प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । धेरै पटक घरमा वास्तु दोष भएमा त्यसको प्रभाव व्यक्तिको जीवन र पारिवारिक सम्बन्धमा देखिन सक्छ । यस्तो अवस्थामा यदि तपाइँ र तपाइँको पार्टनरबीच बारम्बार झगडा हुन्छ भने, तपाइँ यी वास्तु टिप्सहरू प्रयोग गर्न सक्नुहुन्छ । यी कुराहरू अपनाएर तपाईंले आफ्नो जीवनमा राम्रो परिणाम देख्न सक्नुहुन्छ ।

बेडरूम वास्तु टिप्स
वास्तुशास्त्रमा पति पत्नीको कोठा दक्षिण दिशामा हुनुपर्छ भन्ने मान्यता रहेको छ । यसका साथै आफ्नो कोठामा सकेसम्म हल्का रङको प्रयोग गर्नुहोस् । साथै, वास्तु अनुसार कोठामा काठको ओछ्यान प्रयोग गर्नु राम्रो मानिन्छ । सुत्दा टाउको दक्षिणतिर हुनुपर्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । वास्तुशास्त्रमा पति ओछ्यानको दाहिने पट्टि सुत्ने र पत्नीलाई देब्रेपट्टि सुत्ने भनिएको छ ।

यस्ता तस्बिरहरू लगाउनुहोस्
वास्तुशास्त्र अनुसार पति र पत्नीले आफ्नो शयनकक्षमा राधा–कृष्णको तस्बिर राख्नुपर्छ । यसका साथै शयनकक्षमा जनावर र चराको जोडीको मूर्ति वा तस्विर पनि राख्न सक्नुहुन्छ । यसले जीवनमा प्रेम कायम राख्छ । अर्कोतर्फ, यदि तपाईं बेडरूममा पति–पत्नीको तस्वीर राख्न चाहनुहुन्छ भने, पश्चिम दिशा सधैं राम्रो हुनेछ ।

सुत्ने कोठामा नराख्नुहोस् यी चिजहरु
वास्तुशास्त्रमा पति–पत्नीले आफ्नो कोठामा हिंस्रक जनावर वा महाभारत आदिसँग सम्बन्धित तस्बिरहरू कहिल्यै टाँस्नु हुँदैन । यसले नकारात्मकता बढाउँछ, जसले पति–पत्नीबीच झगडा पनि बढाउँछ । यसका साथै सुत्ने कोठामा धेरै इलेक्ट्रोनिक सामान राख्नबाट पनि बच्नुपर्छ । यसले सम्बन्धमा तनाव बढ्न सक्छ ।