६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

उद्योग वाणिज्य सङ्घ खैरहनीको अध्यक्षमा श्रेष्ठ

उद्योग वाणिज्य सङ्घ खैरहनीको अध्यक्षमा श्रेष्ठ
अ+ अ-

चितवन । उद्योग वाणिज्य सङ्घ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूहका दीपेन श्रेष्ठ (हीरा) विजयी हुनुभएको छ । माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य सङ्घको १० औँं साधारणसभा तथा पाँचौँ अधिवेशनबाट लोकतान्त्रिक समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् । 

लोकतान्त्रिक समूहका श्रेष्ठले ७९९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्प्रर्धी प्रगतिशील समूहका शेषकुमारी ओली सडौलाले ४७६ मत प्राप्त गर्नुभयो । आज बिहान आएको अन्तिम मतपरिणामअनुसार वाणिज्यतर्फ विक्रम खड्का, कुमार खनाल, विनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्रबहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी हुनुभएको छ ।

 उद्योगतर्फ जगतबहादुर पाण्डे, शङ्कर कँडेल, किरण बुर्लाकोटी, कृष्णबहादुर श्रेष्ठ, अनुप अधिकारी र विक्रम चौधरी विजयी हुनुभएको हो । अधिवेशनमा एक हजार ४३० सदस्यले मतदात गरेका थिए । यसअघि सर्वसम्मत् रुपमा एशोसिएट सदस्यमा शिवराज उप्रेती निर्विरोध हुनुभएको थियो । एशोसिएट सदस्य सङ्घको तृतीय उपाध्यक्ष हुने व्यवस्था रहेको छ । अन्य पदाधिकारीको भने बैठक बसेर तय गरिने व्यवस्था रहेको छ ।  रासस