१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरले गरे चमत्कार, मानिसमा सुँगुरको मिर्गौलाको सफल प्रत्यारोपण



अ+ अ-

एजेन्सी । चिकित्सा विज्ञानमा पहिलो पटक ६२ वर्षीय पुरुषमा सुँगुरको मृगौला प्रत्यारोपण गरिएको छ । दुई सातापछि ठिक महसुस भएपछि अमेरिकाको बोस्टोनस्थित म्यासाचुसेट्स जनरल अस्पतालबाट उनलाई डिस्चार्ज गरिएको छ ।

बीबीसी रिपोर्टका अनुसार धेरै असफल प्रयासहरू पछि यो सफल प्रत्यारोपण डाक्टरहरूको लागि ठूलो सफलता साबित भएको छ । यो ऐतिहासिक उपलब्धि भएको र यसले अंग प्रत्यारोपणको संसारमा क्रान्ति ल्याउन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

यस अनौठो मेडिकल केसमा, विश्वमा पहिलो पटक आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मृगौला सफलतापूर्वक एक व्यक्तिमा प्रत्यारोपण गरिएको छ । उक्त व्यक्ति शल्यक्रिया गरेको केही सातापछि बुधबार (अप्रिल ३) अस्पतालबाट डिस्चार्ज भएका थिए ।

यो ठूलो सफलता मात्र होइन भविष्यमा जनावरबाट मानिसमा अंग प्रत्यारोपणको बाटो पनि खोल्न सक्छ । डाक्टरहरूले यसअघि पनि दुई पटक जनावरको अंग प्रत्यारोपणको प्रयास गरेका थिए ।

यी प्रयासहरूमा, सुँगुरका अंगहरू मानवमा प्रत्यारोपण गरियो । तर दुवै प्रयास असफल भए । यसअघिका दुईवटा केसहरूमा सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको थियो तर दुवै बिरामी बाँच्न सकेनन् ।

यसअघि डाक्टरहरूले सुँगुरको मुटु थप दुई बिरामीमा प्रत्यारोपण गरेका थिए । तर शल्यक्रियाको केही सातासम्म दुवै बिरामी बाँच्न सकेनन् । पहिलेको अवस्थामा, यस्तो देखिन्छ कि बिरामीको शरीरले सुँगुरको हृदयलाई स्वीकार गर्न सकेन ।

तर ६२ वर्षीय रिचर्ड स्लेमनमा प्रत्यारोपण गरिएको सुँगुरको मिर्गौला अझै राम्रोसँग काम गरिरहेको छ । चिकित्सकहरुका अनुसार यो मिर्गौलाले रगत शुद्ध गर्ने, पिसाब उत्पादन गर्ने र शरीरको तरल पदार्थलाई सन्तुलित राख्छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा रिचर्ड स्लेमनले भनेका छन्, ‘आज अस्पतालबाट डिस्चार्ज हुनु, यति लामो समयपछि धेरै राम्रो महसुस गर्नु, मैले धेरै वर्षदेखि प्रतिक्षा गरेको पल हो । अब यो सत्य भएको छ ।’ उनले अस्पतालबाट पाएको उत्कृष्ट हेरचाहको लागि धन्यवाद दिनुका साथै आफ्ना नर्स, डाक्टर र शुभचिन्तकहरूलाई पनि धन्यवाद दिए ।