३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ लडाकू मारिए



अ+ अ-

काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तमिा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । 

कारबाहीमा अरु तीन जना तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाई छ ।

मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकल सहित हातहतियार बरामद भएको जनाएको छ । 

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ । तर विद्रोहीहरुले सरकारका खासखास स्थान र व्यक्तिमाथि सांघातिक आक्रमण गरिरहेका छन् ।

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन् । रासस




भर्खरै