६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मनाइयो स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती

मनाइयो स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती
अ+ अ-

काठमाडौँ । समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दले वैदिक सनातन धर्मको विश्वव्यापी प्रचारका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै १५९औँ जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । यसै अवसरमा बिहीबार विवेकानन्दका गुरु रामकृष्णको स्मरणमा स्थापना भएको संस्था रामकृष्ण आश्रम नेपालले प्रवचन, पूजा आराधना, हवन, विशेष भोग, आरती, भजनकीर्तन एवं प्रसाद वितरण गरी स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती मनाएको छ ।

‘आत्मनो मोक्षार्थं जगद्घिताय च’ अर्थात् आत्ममुक्ति र जगत्को हितका लागि भन्ने मूल नाराका साथ विसं २०६८ असोज १२ गते रामकृष्ण आश्रम नेपाल स्थापना भएको हो । भारतमा रामकृष्णका प्रमुख शिष्य विवेकानन्दको सक्रियतामा सन् १८९७ मा रामकृष्ण मिसनको स्थापना भएको थियो । आश्रम रामकृष्ण मिसनको पश्चिम बङ्गालस्थित बेलुर मठसितसमेत आबद्ध रहेको जनाइएको छ । सन् १८६३ जनवरी १२ तारिख अर्थात् माघ कृष्ण सप्तमीका दिन विवेकानन्दको जन्म भएको थियो । वैदिक सनातन धर्मलाई विश्वव्यापीरूपमा प्रचारप्रसार गर्ने आद्य शङ्कराचार्यपछि विवेकानन्द नै पहिलो व्यक्ति बन्नुभएको रामकृष्ण आश्रम नेपालका अध्यक्ष स्वामी एकार्थनन्द पुरी बताउनुहुन्छ ।

धार्मिक सद्भाव, पूर्व र पश्चिमको सामञ्जस्य, आध्यात्मिक परिपूर्णता र कसैमाथि पनि धर्म, सम्प्रदाय, जातजाति वा राष्ट्रियताको कुनै भेदभाव नगरी मानवीय क्षमताको विकास, सामाजिक समानता एवं सबै मानवताका लागि शान्ति तथा समृद्धि आश्रमको मुख्य लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । लक्ष्य प्राप्तिका लागि आश्रममा सन्यासीबाट नै प्रशासन चल्ने व्यवस्था गरिएको छ । सन् १८९३ मा अमेरिकामा भएको विश्व धर्म महासभामा भाग लिन कुनै संस्थाको प्रतिनिधि हुनुपर्ने व्यवस्था थियो । कुनै संस्थाको प्रतिनिधिबिना अमेरिका पुग्नुभएका विवेकानन्दले विश्वकोषको उपनामले परिचित हावर्ड विश्वविद्यालयका प्रा हेनरी राइटलाई भेट्नुभयो । पहिलो भेटमै राइट विवेकानन्दको विद्वत्ताबाट प्रभावित हुनुभयो ।

राइटले विवेकानन्दलाई विश्व धर्म महासभाको प्रतिनिधि बन्न अनुरोध गर्नुभयो । विवेकानन्दसँग परिचय माग्नु भनेको सूर्यलाई उदाउने अधिकार कसले दियो भनी सोध्नुजस्तै हुने राइटको भनाइ थियो । राइटले महासभाका प्रमुख मानिसलाई पत्र लेखी हाम्रा देशका सबै विद्वानलाई एकैतिर राख्दा पनि विवेकान्दको विद्वत्ता भारी हुने पत्र महासभाका प्रमुखलाई लेखेपछि उहाँले भाग लिन पाउनुभएको थियो । विवेकानन्दले सन् १८९३ सेप्टेम्बर ११ तारिखमा पहिलो दिनको महासभालाई सम्बोधन गर्नुभयो । त्यसैबाट विश्वभरबाट जम्मा भएका करिब सात हजार मानिस विवेकानन्दसँग आकर्षित भए । विवेकानन्दले त्यसबेला ‘सिस्टर्स एण्ड ब्रदर्स’ शब्दको उच्चारण गर्नेबित्तिकै दुईदेखि तीन मिनेटसम्म ताली गुञ्जायमान भएको थियो ।

उहाँले “हामी सहिष्णुताका कुरा मात्र गर्दैनौँ, विश्वका सबै धर्मलाई साँचो भनी स्वीकार गर्छौैँ, म यस्तो धर्मको अनुयायी हुनुमा गर्व गर्छु जसले धेरै धर्मका शरणार्थीलाई भारत वर्षले शरण दिएको छ, त्यो सबै धर्मको जननी हो”, भन्नुभयो । यसै प्रवचनबाट उहाँको ख्याति विश्वव्यापीरूपमा फैलिएको थियो । उहाँले वैदिक सनातन धर्मलाई विश्वव्यापीरूपमा फैलाउन पु¥याउनुभएको योगदानको स्मरण गर्दै भारत वर्षका विभिन्न स्थानलगायत विश्वभर नै स्वामी विवेकानन्द जयन्ती मनाइँदै छ ।

स्वामी विवेकानन्दका गुरु रामकृष्णको नामबाट नेपालमा विसं २०६८ मा स्थापना भएको रामकृष्ण आश्रम नेपालले आज ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा प्रवचन एवं उहाँको योगदानका विषयमा चर्चा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।