१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

प्रतिनिधिसभा: हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग

प्रतिनिधिसभा: हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग
तस्बिरः किरणराज विष्ट/रासस
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद मनिष झाले तराई(मधेससहित देशका विभिन्न स्थानमा वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडक विकृत संस्कृतिका रुपमा विकास भइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले फिल्मी शैलीमा हेलिकप्टरमा जन्ती लैजाने गतिविधिले सामाजिक रुपमा आर्थिक दायित्व बढ्नुका साथै गाउँ बस्तीमा हेलिकप्टरको हावाले घरहरुमा क्षति पुर्‍याउने गरेको बताउनुभयो ।

उहाँले विवाहका नाममा हल्दी, मेहन्दीजस्ता गतिविधिले दुलहीको माइतीमा आर्थिक दायित्व बढ्ने गरेको, गाउँबस्तीमा हेलिप्याड पनि नहुने भएकाले उडान सुरक्षामा समेत चुनौती थपिएकाले यसप्रकारका गतिविधिलाई तत्काल रोक्न आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले(का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानहरुले लामो समयदेखि दूधको मूल्य नपाइरहेको भन्दै उनीहरुलाई समयमै भुक्तानी गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँका अनुसार देशभरीका दूध उत्पादक किसानको रु पाँच अर्ब भुक्तानी गर्नुपर्ने र मकवानपुरका किसानलाई मात्रै रु ६० करोडभन्दा बढी भुक्तानी गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । उहाँले खेतिपातीको सिजन सुरु भइसकेकाले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद माधव सापकोटाले अरनिको राजमार्ग अन्तर्गत जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडकखण्डको यात्रा कष्टकर रहेको र बर्खामा त झनै कष्टकर हुने भन्दै सडक मर्मत अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले सरकारले दूध उत्पादन किसानलाई चाँडो भुक्तानी गर्न माग गर्नुभयो ।

सांसद विमला सुवेदीले वीर अस्पतालको उपचार सेवा चुस्त र प्रभावकारी बनाउन माग गर्नुभयो । गरिब र निमुखा जनताको उपचार गर्ने अस्पतालका रुपमा स्थापित वीर अस्पतालमा बिरामीले शय्या नपाएर उपचारमा सास्ती बोहर्नुपरेको, आकस्मिक कोठा गोदाममा बदलिएको तथा जनशक्तिको अभावका कारण सघन र अतिसघन कोठको क्षमता घटाएको पाइएको भन्दै नागरिकको उपचारलाई सहज र सुलभ बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बुद्धिमान तामाङले काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य सडक खण्ड नागढुङ्गा–नौबीसे सडकखण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भइरहेको सडक बिस्तार अव्यवस्थित भएको बताउनुभयो । उहाँले सो क्षेत्र आसपासका नागरिकको जनजीवन कष्टकर बनिरहेको भन्दै सडक बिस्तार चाँडो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीमप्रसाद आचार्यले हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी–२ का रविन खड्का, बहारक्षेत्र–५ का भीमबहादुर बिष्ट, रामधुनी–७ लगायत अन्य जिल्लाका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्नुभयो । उहाँले हात्तीको आक्रमणबाट जोगाउन प्रभावकारी उपाय अपनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मानवीर राईले सोलुखुम्बु जिल्लामा विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ भइरहेको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो । सांसद बिना तामाङले भूमि आयोगको पुन:गठन कहिले हुन्छ भनी प्रश्न गर्दै अव्यवस्थित सुकुम्बासी र मोही किसानले जमिनमाथिको भोकाधिकार गर्न पाउने अधिकारको सुनिश्चित गर्न माग गर्नुभयो ।

सांसद मुक्ताकुमारी यादवले परीक्षार्थीले नतिजा कुरिरहेका बेला उत्तरपुस्तिका हराएकाले पुन:परीक्षा पुन:दिनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयको निर्देशन विद्यार्थीको भविष्यमाथिको खेलबाड हो भन्दै जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद मेटमणि चौधरीले घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक सात सयदेखि आठ सय बिरामीको उपचार भइरहेको तर, स्वास्थ्य बीमा बोर्डले गत साउनदेखिको रु १० करोड ५० लाख भुक्तानी नगरेकाले प्रतिष्ठान बन्द हुने अवस्था रहेको भन्दै समस्या समाधानका लागि आग्रह गर्नुभयो । उहाँले प्रतिष्ठानको भौतिक संरचनासम्बन्धी रु चार अर्ब ५० करोडको गुरुयोजना रोकिएको भन्दै उक्त समस्या तत्काल सम्बोधन गर्न पनि माग गर्नुभयो ।

सांसद मेनकाकुमारी पोखरेलले किसानले रासायनिक मलको अभावले खेती गर्न नपाइरहेको भन्दै समयमै मल र बिउको व्यवस्था गर्न सरकार समक्ष माग गर्नुभयो ।

सांसद मैना कार्कीले जाजरकोट भूकम्पपीडितले अझै पनि राहत र क्षतिपूर्ति नपाएको भन्दै उनीहरुलाई अस्थायी आवास र राहतको प्रवन्ध गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद योगेन्द्र मण्डलले मोरङको रङ्गेली हुलाक सडक अलपत्र अवस्थामा रहेको र स्थानीयले निकै सास्ती बेहोरिरहेको भन्दै उक्त सडक चाँडो निर्माण गर्न माग गर्नुभयो ।

सांसद रघुजी पन्तले काठमाडौँको जुद्धोदय स्कुलको जीर्ण भवनको पुन:निर्माण गर्न, जग्गाको संरक्षण र दुरुपयोग भएको सम्पत्तिको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रणकुमारी बलम्पाकी मगरले देशमा बढ्दो लैङ्गिक विभेद र सामाजिक हिंसाका घटना बढिरहेको, सामाजिक र साइबर अपराधलगायतका घटनाले देशमा दण्डहीनता मौलाएको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रणेन्द्र बरालीले काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरेर वैकल्पिक ऊर्जा उत्पादनमा ठूलो सफलता हासिल गरेको भन्दै उक्त परियोजनालाई आवश्यक लगानी र थप विज्ञको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रञ्जुकुमारी झाले बालबालिकमा अटिजम (बालबालिकामा देखिने फरक किसिमको व्यवहार) को प्रकोप बढेको भन्दै यसको जोखिम नियन्त्रण गर्न सचेतना अभिवृद्धि गर्न माग गर्नुभयो ।

सांसद राजेन्द्र बजगाईले सहकारी ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद रामहरि खतिवडाले गृहमन्त्रालयमा पिएसओको आतङ्क बढिरहेको भन्दै उनीहरुको वृत्तिविकास पारदर्शी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरु राजु थापा, राजेन्द्रकुमार केसी, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामशङ्कर यादव, रुक्मणी राना बराईली, रुपा बिक, रुपा सोशी (चौधरी), रेखा यादव, रोसन कार्की, लालप्रसाद साँवा लिम्बु, लिलादेवी बोखिम (लिम्बु) लगायतले जनसरोकारका विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको थियो ।