४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन



अ+ अ-

काठमाडौं । उपत्यकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । मेडि नेपाल हेल्थ केयर प्रा.लि.को आयोजनामा काठमाडौंको कालोपुलमा २३ गतेदेखि ३ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । 

सबै मानिसको अस्पतालसम्म पहुँच नभएको र सानोतिनो समस्यामा अस्पताल नजाने चलन भएकाले नियमित चेकजाँच गर्ने र स्वास्थ्यको ख्याल राख्ने बानिको बिकास गराउनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको मेडि नेपाल हेल्थ केयर प्रा.लि.का सञ्चालक समिति सदस्य सुजन अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविर माघ २५ गतेसम्म बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने अधिकारीले जानकारी दिनुभयो । दुईजना बरिष्ठ डाक्टरहरुले चेकजाँच गर्ने उहाँको भनाई छ । स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, ज्वरो, तौल लगाएत चेकजाँच गरिने जनाईएको छ ।