२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४२.६३१ बिलियन अमेरिकी डलर पुग्यो



अ+ अ-

एजेन्सी । भारतको विदेशी मुद्रा विनिमय (विदेशी मुद्रा) सञ्चिति मार्च २२ मा समाप्त हप्तामा १३९ मिलियन अमेरिकी डलरले बढेर ६४२.६३१ बिलियन डलर पुगेको छ ।

देशको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी गरिएको तथ्याङ्कमा यसबारेमा उल्लेख गरिएको छ । यो लगातार पाँचौं हप्तामा पनि बढेको हो ।

गत सातामा विदेशी मुद्रा सञ्चिति ६४२.४९ अर्ब डलर रहेको थियो । आरबीआईको साप्ताहिक तथ्याङ्कले सुनको सञ्चिति ३४७ मिलियन डलरले बढेर ५१ अर्ब ४८७ अर्ब डलर पुगेको जनाएको छ भने विदेशी मुद्रा सञ्चितिको प्रमुख घटक विदेशी मुद्रा सम्पती १२३ मिलियन डलरले घटेर ५६८.२६४ अर्ब डलर पुगेको आरबीआईको साप्ताहिक तथ्यांकले देखाएको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य ८३.३१ र ८३.४० को बीचमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।