२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

लखनउले पञ्जाबलाई २१ रनले हरायो

लखनउले पञ्जाबलाई २१ रनले हरायो
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा लखनउ सुपर जायन्ट्स (एलएसजी)ले पहिलो जित हासिल गरेको छ । टोलीले चालू सिजनको ११ औं खेलमा पञ्जाब किंग्सलाई २१ रनले पराजित गरेको हो ।

यो जितसँगै लखनउ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने शिखर धवनको कप्तानीमा रहेको पञ्जाब छैटौं स्थानमा पुगेको छ ।

लखनउको अटल बिहारी वाजपेयी रंगशालामा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनाएको थियो । जवाफमा पञ्जाबको टोलीले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो ।

२१ वर्षीय फास्ट बलर मयंक यादवले डेब्यु खेलमा ३ विकेट लिएका थिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

टस जितेर ब्याटिङ रोजेको लखनउको सुरुवात खास रहेन र टोलीले ३५ रनको स्कोरमा केएल राहुलको विकेट गुमाएको थियो । टोलीबाट पचासको साझेदारी एउटा पनि भएन, तर पनि सानो साझेदारीको आधारमा टोलीले १९९ रन बनाएको थियो । सबैभन्दा ठूलो साझेदारी ४७ रनको थियो, जुन डि कक र पूरनबीचको थियो ।

कप्तान शिखर धवन र जोनी बेयरस्टोले पञ्जाबलाई बलियो सुरुवात गराए । दुवैले ७० बलमा १०१ रन जोडे । तर बीचमा टोलीले लगातार विकेट गुमाउँदै गयो। अन्तमा शशांक सिंह र लियाम लिभिङ्स्टनले छैटौं विकेटका लागि ३७ रनको अविजित साझेदारी गरे, तर त्यतिन्जेल ढिला भइसकेको थियो ।

आजको खेलः गुजरात टाइटन्स भर्सेस सनराइजर्स हैदराबाद – दिउँसो ३ः४५ बजे
दिल्ली क्यापिटल्स भर्सेस चेन्नई सुपर किंग्स – बेलुका ७ः४५ बजे