२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विराट–गम्भीरलाई ओस्कार अवार्ड दिनुपर्छ’



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली र कोलकाता नाइट राइडर्सका प्रशिक्षक गौतम गम्भीरबीचको लामो समयदेखि चलिरहेको दुश्मनी केकेआर र आरसीबीको खेलमा टुंगिएको छ ।

म्याचको ब्रेकमा गम्भीर र विराट एकअर्कालाई अँगालो हालेको देखिएका थिए । यति मात्र होइन, दुवैबीच केही कुराकानी भयो, त्यसपछि गम्भीर र कोहलीको अनुहारमा मुस्कान पनि देखियो ।

कमेन्टेटर रवि शास्त्री र सुनील गावस्करले पनि कमेन्ट्री बक्समा यो क्षणलाई लिएर निकै रमाइलो गरेका थिए ।

खेलको क्रममा गौतम गम्भीरले विराट कोहलीलाई अँगालो हाल्दा कमेन्ट्री बक्समा बसेका रवि शास्त्रीले ठट्टा गर्दै भने, ‘विराट कोहली र गौतम गम्भीरबीचको अँगालोको लागि फेयर प्ले अवार्ड केकेआरलाई दिनुपर्छ ।’

शास्त्रीको टिप्पणीपछि सुनिल गावस्करले पनि यो घटनाको मजा लिन छोडेनन् । उनले भने, ‘फेयरप्ले अवार्ड मात्र होइन, ओस्कार अवार्ड पनि दिनुपर्छ ।’

आईपीएल २०२३ मा विराट कोहली र गौतम गम्भीरबीच चर्को विवाद भएको थियो । वास्तवमा कोहली र नवीन उल हकबीच शब्दको युद्ध भएको थियो । खेलपछि कोहली र गौतम गम्भीरबीच यो विवादलाई लिएर निकै खैलाबैला भएको थियो । स्थिति यति खराब बनेको थियो कि अन्य खेलाडीहरूले यी दुईलाई रोक्नुपरेको थियो ।