८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हस्तमैथुनले डिप्रेसन हुनबाट बचाउँछ ?



प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । हस्तमैथुनका विषयमा पक्ष विपक्षमा विभिन्न बहस चलिरहन्छ । केहीले हस्तमैथुनका फाइदा र केहीले बेफाइदाका विषयमा चर्चा परिचर्चा गरिरहेका छन् । वास्तवमा ८० प्रतिशत महिला र पुरुष दुवैले जीवनको कुनै समयमा हस्तमैथुन गरेकै हुन्छन् ।

बेफाइदाका विषयमा वैज्ञानिक तथ्य फेला नपरे पनि फाइदाका विषयमा विभिन्न अध्ययनले विभिन्न फाइदा हुने पुष्टि गरेको छ । विभिन्न प्रकारका फाइदा मध्ये डिप्रेसन कम गर्ने काममा हस्तमैथुन अचुक औषधि नै हुने अनुसन्धानकर्ताले बताएका छन् ।

डिप्रेसनका कारण मानिस तनाव र निराशा हुन्छ । तनाव र निराशा मात्र कम गर्ने मात्र होइन, हस्तमैथुनले तपाईंको इम्युनो सिस्टमलाई पनि बलियो बनाएर तपाईंलाई स्वस्थ राख्न मद्दत गर्छ ।

अर्गेज्मपछि शरीरमा सेता रक्तकोषहरुको मात्रा बढ्छन् । जसले हामीलाई रोगहरुबाट लड्न सहयोग गर्छ भन्ने कुरा एउटा अनुसन्धानकर्ताले बताएका छन् ।

हस्तमैथुनले महिलाहरुलाई महिनावारीको क्रममा हुने पीडाबाट राहत प्राप्त हुन्छ । निद्रा लाग्ने, खुशीको अनुभव गराउने मात्र नभएर हस्तमैथुनले शारीरिक र मानसिक स्वास्थका लागि लाभदायक मानिएको विभिन्न अध्ययनको निष्कर्ष छ ।