१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

बन्ने भयो वीरगञ्ज–रक्सौल जोड्ने तीन सय मिटर सडक

बन्ने भयो वीरगञ्ज–रक्सौल जोड्ने तीन सय मिटर सडक
अ अ+ अ-

वीरगञ्ज । भारतसँग सीमा जोड्ने वीरगन्ज–रक्सौल सडक खण्डअन्तर्गत रजत जयन्ती चोकमा पर्ने जीर्ण सडक निर्माण हुने भएको छ । विगत एक दशकदेखि कालोपत्रे भत्किएर खाल्डाखुल्डी र असरल्ल हुँदा सवारीसाधन आवतजावतमा निकै सास्ती हुँदै आइरहेको थियो ।

मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारीचालकले हैरानी खेप्दै आइरहेका छन् । व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना प्रमुख राजेशकुमार यादवले वीरगञ्ज–रक्सौल सडकखण्डअन्र्तगत रजत जयन्ती चोकको भत्किएर असरल्ल भएको सडकलाई नयाँ ठेक्का व्यवस्थापन गरेर निर्माण अघि बढाइएको बताउनुभयो ।

‘‘विगत एक दशकदेखि अलपत्र हुँदै आएको रजत जयन्ती चोकको सडक निर्माण गर्नका लागि नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढिसकेको छ’’, उहाँले भन्नुभयो, ‘‘यो खण्डको सडक छ महिनाभित्रै निर्माण सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । अहिले निर्माण कम्पनी पनि साइटमा खटिसकेका छन् । अब यो ‘क्यान्सर’ जस्तै बनेको खण्डको दीर्घकालीन समाधान हुने आशा गरेका छौँ ।’’

योजना कार्यालय र निर्माण कम्पनी सुवास÷विकास÷राजा जेभीबीच २०८० पुस २१ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले विसं २०८१ को असार २१ गतेभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । यो सडक खण्डको लागत भने रु एक करोड ८० लाख रहेको छ ।

योजना प्रमुख यादवले निर्माण कम्पनीले तोकिएको समय सीमाभन्दा अगावै निर्माण सम्पन्न गर्ने सम्भावना पनि उच्च भएको दाबी गर्नुभयो । वीरगञ्जको घण्टाघरदेखि रक्सौल रुटमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आइरहेका सन्तोषकुमार साहले रजतजयन्ती चोकमा भत्किएको सडकले निकै सास्ती दिँदै आइरहेको बताउनुहुन्छ । ‘‘रजत जयन्ती चोकमा भत्किएर खाल्डाखुल्डी भएको सडकले निकै दुःख दिँदै आइरहेको छ’,’ उहाँले भन्नुभयो, ‘‘सरकारले नियमित मर्मत सम्भार नगर्दा यही खण्डमा दैनिक एक दर्जनभन्दा धेरै अटोरिक्सा दुर्घटनामा पर्दै आएका छन् । अर्कोतर्फ घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने समस्याबाट पनि आजित भइसकेका छौँ ।’’

व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका इञ्जिनीयर अनुपम कुमारले निर्माण कम्पनी उपकरणसहित साइटमा खटिसकेको बताउनुभयो । ‘‘निर्माण कम्पनीले निर्माण उपकरणसहित साइटमा खटिसकेको छ’’, उहाँले भन्नुभयो, ‘‘सडकको दुवैतर्फ डाइभर्सन गरेर सडकको मध्ये भागमा काम भइरहेको छ ।’’ इञ्जिनीयर कुमारले यो खण्डको सडकमा मुआब्जा र क्षतिपूर्ति सम्बन्धित कुनै पनि विवाद नरहेको जानकारी दिनुभयो । यो खण्डको चौडाइ १४ मिटर अर्थात् चार लेनको सडक कालोपत्रे गरिने जनाइएको छ । रासस