३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही

धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै

धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै
अ+ अ-

एजेन्सी । भारतमा २०२४ को लोकसभा चुनावका लागि उम्मेदवारी मनोनयनका क्रममा धेरै यस्ता उम्मेदवारहरू अगाडि आए जो चुनावमा हारेर पनि हिम्मत हारेनन् । तमिलनाडुको मेत्तुरमा बस्ने एक उम्मेदवारले चुनावमा एक वा दुई पटक होइन २३८ पटक पराजय भोग्नु परेको थियो तर उनी अझै पछि हट्न तयार छैनन् ।

उनी आगामी लोकसभा चुनावमा फेरि एकपटक चुनाव लड्ने तयारीमा छन् । २३८ पटक चुनाव हारे पनि उम्मेदवार के पद्माराजन आगामी लोकसभा चुनाव लड्ने तयारीमा व्यस्त छन् र उनलाई वास्ता छैन ।

के पद्मराजन ६५ वर्षका छन् र टायर पसल चलाउँछन् । उनले सन् १९८८ मा तमिलनाडुको आफ्नो गृहनगर मेत्तुरबाट चुनाव लड्न थालेका थिए ।

उनलाई चुनाव लडेको देखेर मानिसहरु हाँस्ने गर्थे तर उनी भन्छन्, ‘सामान्यले पनि चुनाव लड्न सक्छ भन्ने प्रमाणित गर्न चाहन्छु । सबै उम्मेदवारहरू जित्न चाहन्छन् । तर म होइन ।’ काँधमा चम्किलो सल र बाक्लो जुँगा लगाएर श्री पद्मराजनले भने । उनको लागि चुनावमा भाग लिनु नै वास्तविक जित हो र जब उनलाई आफ्नो हार थाहा हुन्छ तब हारेर पनि उनी खुसी हुन्छन् ।

मोदी–राहुलसँग पनि हारेका छन् पद्मराजन

यस वर्षको अप्रिल १९ देखि सुरु हुने साढे छ हप्ता लामो आम चुनावमा उनी तमिलनाडुको धर्मपुरी जिल्लाको लोकसभा सीटबाट चुनाव लड्दै छन् । इलेक्शन किंग भनेर चिनिने के पद्माराजनले राष्ट्रपतिदेखि स्थानीय चुनावसम्म देशभर विभिन्न किसिमका चुनाव लडेका छन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र मनमोहन सिंह र कांग्रेस पार्टीका नेता राहुल गान्धीबाट समेत हार बेहोरेका छन् ।

अब पद्माराजनको मुख्य लक्ष्य चुनाव हार्ने आफ्नो सिलसिला जारी राख्नु हो । यो उनका लागि सहज भएको छैन । पछिल्लो ३० वर्षमा भर्ना शुल्कमा हजारौं रुपैयाँ खर्च गरेको उनको अनुमान छ । यसमा उनको अन्तिम प्रयासको लागि जम्मा गरिएको २५ हजारको जमानत पनि समावेश छ, जुन उनले १६ प्रतिशत भन्दा बढी मत प्राप्त गर्न असमर्थ भएमा फिर्ता पाउने छैनन् ।