• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले



एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार जयपुरमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल भयो । यो खेल राजस्थान रोयल्सले १२ रनले जितेको थियो । यस खेलको जितको नायक बने रियान पराग ।

उनले ४५ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८४ रनको अविजित इनिङ खेले । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । अवार्ड पाएपछि परागले आफू विगत तीन दिनदेखि ज्वरो आएर ओछ्यानमा रहेको र पेनकिलर खाइरहेको खुलासा गरेका थिए ।

खेलपछि परागले भने, ‘अहिले भावनाहरू नियन्त्रणमा छन्, आमा आउनुभएको छ, उहाँले विगत ३–४ वर्षदेखि मेरो संघर्ष देख्नुभएको छ । मलाई थाहा छ म आफ्नो बारेमा के सोँच्छु । म शून्यमा आउट भएँ वा नटआउट रहनु, परिवर्तन हुँदैन । मसँग राम्रो घरेलु सिजन थियो र यसले मद्दत गर्दछ ।’

परागले अन्तिम ओभरमा २५ रन बनाए । यो ओभर राजस्थान रोयल्सका लागि खेल परिवर्तन भएको थियो । एनरिके नोर्त्याको यो ओभरमा परागले पहिलो बलमा चौका प्रहार गरे । दोस्रो बललाई पनि चार रनमा बाउन्ड्रीबाहिर पठाइएको थियो । तेस्रो बलमा छक्का तथा चौथो बलमा फेरी चौका प्रहार गरे । पाँचौं बलमा यस ओभरको दोस्रो छक्का र अन्तिम बलमा उनले रन लिए ।