१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
अ अ+ अ-

गलकोट । बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्टे)मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो समय आन्तरिकभन्दा विदेशी पर्यटकको सङ्ख्या बढी हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ ।

नेपालको कला–संस्कृति, मौलिक परम्परा, अर्गानिक खानाका परिकारले चर्चा पाएसँगै विदेशी पर्यटक चार वर्षदेखि निरन्तर भित्रिँदै आएका समितिका अध्यक्ष मुना थापामगरले बताउनुभयो । उहाँका अनुसार घरबासमा आउने अधिकांश विदेशी पर्यटक विश्व अर्गनाइजेसनमा आबद्ध भएका आउने गरेका छन् ।

“अहिले घरबासमा अमेरिकाबाट आएका सात जना पर्यटक छन्, उनीहरु दुई दिन बसेपछि फर्कन्छन्, हामीले विदेशी पर्यटक बढ्न थालेपछि स्वगतका लागि नौमती बजा बजाउने गरेका छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “अहिले जङ्गलमा गुराँस फुलेकाले गुराँसको फूलको मालाले पाहुनालाई स्वागत गर्दा पाहुना खुसी भएको पाएका छौँ ।” बागलुङका पर्यटन व्यवसायी महादेव शर्माले चार वर्षयता विदेशी पर्यटक ल्याउँदै आउनुभएको उहाँले बताउनुभयो ।

अहिलेसम्म विश्व भेगन अर्गनाइजेसनमा आबद्ध विभिन्न देशका पर्यटक आठाँै समूह आइसक्नुभको भन्दै थापाले अधिकांश विदेशी दातृ निकाय तथा गैरसरकारी संस्थामा आबद्ध विदेशी यहाँ बास बस्न आउने गरेका उहाँले जानकारी दिनुभयो ।

घरबास सञ्चालनमा ल्याएको एक दशक भए पनि आधिकारिकता भने सात वर्षअघि मात्रै पाइएको समितिका अध्यक्ष थापाले बताउनुभयो । आन्तरिक पर्यटकले प्राय: घरबास खाली नहुने भएकाले पछिल्लो समय विदेशी पर्यटक बढ्न थालेपछि गुणस्तरलाई वृद्धि गरिँदै लगिएको उहाँको भनाइ छ ।

घरबास सञ्चालिका इन्द्रा थापाले भकुण्डे प्राकृतिकरुपमा सुन्दर हुनुका साथै यहाँ सञ्चालित घरबास मापदण्ड पूरा गरी निर्माण गरिएकाले विदेशी पर्यटक लालयीत हुन थालेका बताउनुभयो । विदेशी पर्यटक सिधैँ यहाँ आउने अवस्था नरहने भन्दै पहिलोपटक चार वर्षअघि आएका पर्यटकले यहाँको वातावरण, दृश्य, खानपान र आतिथ्यताबाट प्रभावित बनेपछि यसले निरन्तरता पाएको उहाँको भनाइ छ ।

घरबासमा स्थानीय आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार चाख्न सकिन्छ । पन्ध्र घर रहेको अतिथि सत्कार घरबासमा एक रातमा एक सय पर्यटक बस्नसक्ने क्षमता छ ।

यहाँको मगर संस्कृति, अर्गानिक खानाका परिकार, आतिथ्यता, आरामदायी बस्ने व्यवस्था, पर्यटकीय उद्यान, भ्यूटावर, बराह ताल, प्राकृतिक सुन्दरतालगायत कारण विदेशी पर्यटक आकर्षित हुने गरेका पर्यटन व्यवसायी शर्माले बताउनुभयो । आफ्नै सक्रियतामा विदेशी पर्यटकको आठौ समूह यहाँ आएको उहाँको भनाइ छ ।

“हामीले विश्व भेगन अर्गनाइजेसनमा आबद्ध संसारभरका पर्यटकलाई यहाँ ल्याउने अवसर पाइरहेका छौँ । परीक्षणका लागि ल्याइएका पर्यटकले यहाँको घरबास मनपराएपछि विदेशी पर्यटक आउने क्रमले निरन्तरता पाएको छ”, शर्माले भन्नुभयो, “बाह्य पर्यटक पाहुना भएर यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गर्दछन् । उनीहरु घरबासका सञ्चालक सँगै काममा सघाउने गर्दछन् ।”

भकुण्डे जिल्ला सदरमुकाम बागलुङ बजारबाट नजिकै रहेको, भौगोलिकरुपमा रमणीय, आँखैअघि देखिने हिमाल, मगर संस्कृति, सुविधा सम्पन्न बसाई लगायतले विदेशी पर्यटक लोभिँदै आएका छन् । यहाँको पाहुना स्वागत तथा बिदाइ गर्ने शैली निकै फरक रहेको शर्माको भनाइ छ । यो सिजनमा घरबास पुगेका पाहुनाका लागि गुराँसको फूल तथा माला लगाएर नौमती बाजा बजाउँदै स्वागत गर्ने गरिएको उहाँले बताउनुभयो ।

घरबासमा अमेरिकासँगै कोरिया, चीन, जर्मन र क्यानडालगायत देशबाट धेरैजसो पर्यटक आउने गरेका पर्यटन व्यवसायी शर्माले जानकारी दिनुभयो । बाह्य पर्यटकले घरबासमा अर्गानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने, यहाँको कला, संस्कृतिमा रमाउने, नाचगान गर्ने गरेका छन् ।

घरबास पुग्ने पर्यटक अधिकांश पदमार्गमार्फत बागलुङ बजारबाट भकुण्डे पुग्ने गरेका छन् । विदेशी पर्यटकलाई लक्षित गरी बागलुङ बजारबाट भकुण्डे र भकुण्डेबाट बौडैचौर हुँदै बौरसम्मको दुईदिने पदयात्रा मार्ग पहिचान गरिए पनि भकुण्डेबाट बोडैचौरसम्म पर्यटकलाई पुर्‍याउन नसकिएको शर्माको भनाइ छ । स्थानीय सरकारले पर्यटक भित्र्याउन पर्यटन पूर्वाधारमा ध्यान नदिएको भन्दै पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माणमा तीनै तहका सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस