२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । प्रतितोला २ हजार एक सय रुपैयाँले बढ्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य हालसम्म कै उच्च प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार उक्त सुन प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भईरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको थियो ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।